२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई विश्वासको मत नदिन एमालेद्वारा ह्वीप जारी



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्ध मतदान गर्न नेकपा एमालेले ह्वीप जारी गरेको छ ।एमालेको कर्णाली प्रदेश संसदीय दलको आज बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले लिन लागेको विश्वासको मत विरुद्ध मतदान गर्न आफ्ना सांसदलाई ह्वीप जारी गरेको हो ।

एमालेको प्रदेशसभा प्रमुख सचेतक गुलाबजंग शाहले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् ।

कर्णाली प्रदेशसभा बैठक अहिले केही बेरमा सुरु हुँदैछ । बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिने कार्यसूचि रहेको छ ।

तीन वर्षअघि एमालेको समर्थनमा मुख्यमन्त्री बनेका शाहीलाई एमालेको ओली पक्षले गत चैत्र ३ गते समर्थन फिर्ता लिएको थियो । सुरुमा सरकारलाई समर्थन जारी रहेको बताएको एमालेकै माधव नेपाल पक्ष भने केही दिन पछि सरकारबाट बाहिरिएको थियो ।

प्रदेशसभामा सभामुखसहित एमालेका २० सांसद रहेका छन् । सभामुखले भोट दिन पाउँदैनन् । यस्तै माओवादी केन्द्रका १३ जना सांसदहरुमध्ये एक जनाले दल त्याग गरेका छन् । कांग्रेसका ६ जना र राप्रपाका एक सांसद रहेका छन् । कांग्रेसले कसलाई मतदान गर्ने भन्नेबारेमा अझै निर्णय गरेको छैन भने राप्रपा तटस्थ बस्ने भएको छ ।

मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्न नसके उनी सरकारबाट बाहिरिनेछन् । एमालेले संसदीय दलका नेता यामलाल कँडेललाई नयाँ मुख्यमन्त्री बनाउने योजना बनाएको छ

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  २ : २७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका