१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नेपालगन्जको बागेश्वरी मन्दिरमा अब क्यूआर कोडबाटै भेटी चढाउन सकिने, माछापुच्छ्रे बैंकले गर्यो सेवाको सुरुवात



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगन्जस्थित वागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार क्युआर कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए । उनले यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने विश्वास व्यक्त गरे । गभर्नर अधिकारीले क्युआर कोड सेवा सरल र सुरक्षित रहेको बताउँदै यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्षलाभ पुग्ने कुरा जानकारी गराए ।

सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्युआरकोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए ।

बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्वागत मन्तव्य राख्दै क्युआर कोड बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले माछापुच्छ्रे बैंकले बाँके जिल्लाको प्रसिद्ध पवित्रस्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्यु.आर. कोड सेवाको सफलताको लागि शुभकामना व्यक्त गरे ।

आफुले प्रयोग गरेको बस्तुतथा सेवाकोआफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै्र सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ । आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जाने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ३ : ०४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना