१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नेपालगन्जको बागेश्वरी मन्दिरमा अब क्यूआर कोडबाटै भेटी चढाउन सकिने, माछापुच्छ्रे बैंकले गर्यो सेवाको सुरुवात



काठमाडौं । माछापुच्छ्रे बैंकले नेपालगन्जस्थित वागेश्वरी मन्दिरमा क्युआर कोड सेवा सुरु गरेको छ ।

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार क्युआर कोडमार्फत भेटी चढाई उक्त सेवाको सुरुवात गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले वागेश्वरी मन्दिरमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताए । उनले यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने विश्वास व्यक्त गरे । गभर्नर अधिकारीले क्युआर कोड सेवा सरल र सुरक्षित रहेको बताउँदै यो सेवाको प्रयोगबाट नयाँ नोटको छपाईका लागि हरेक वर्ष देशबाट बाहिरिने ठुलो धनराशी कटौती हुने हुदाँ सरकारलाई समेत यसबाट प्रत्यक्षलाभ पुग्ने कुरा जानकारी गराए ।

सोही कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले वागेश्वरी मन्दिरमा आधुनिक प्रणालीमा आधारित क्युआरकोड सेवा सुरु गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिए ।

बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले पवित्र धार्मिकस्थल बागेश्वरी मन्दिरमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले स्वागत मन्तव्य राख्दै क्युआर कोड बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले माछापुच्छ्रे बैंकले बाँके जिल्लाको प्रसिद्ध पवित्रस्थल बागेश्वरी मन्दिरमा सुरु गरेको क्यु.आर. कोड सेवाको सफलताको लागि शुभकामना व्यक्त गरे ।

आफुले प्रयोग गरेको बस्तुतथा सेवाकोआफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै्र सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्युआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ । आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जाने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ३ : ०४ बजे

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे