१ पुस २०८२, मंगलबार | December 17, 2025

सिराहाका सुनचाँदी व्यवसायीको हत्यामा संलग्नलाई कारवाही गर्न रुपन्देही सुनचाँदी व्यवसायी संघको माग



भैरहवा । सिराहाको लहान नगरपालिका-२३ गडिया चोकमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका प्रदिप विश्वकर्माको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न रुपन्देही सुनचाँदी व्यवसायी संघ, रुपन्देहीले माग गरेको छ ।

अमिता ज्वेलर्स सञ्चालन गदैै आएका विश्वकर्माको २०७७ चैत २८ गते शनिबार राती लुटेरा समूहबाट गोली हानी हत्या भएको घटनाले संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनामा संलग्न दोषीहरुलाई अविलम्ब पक्राउ गरी हदैसम्मको कारवाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ ।

शान्ति सुरक्षा तथा व्यवसायिक सुरक्षालाई तुस्त बनाइ हरेक व्यवसायीलाई निर्भयताका साथ संचालन हुने वातावरण बनाउन माग गर्दै शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष राम किसन विश्वकर्माले बताए ।

बहुमूल्य धातु तथा पथ्थरको कारोबार हुने सुनचाँदी व्यवसायीको निम्ति सुरक्षा व्यवस्था महत्वपूर्ण हुने भएकोले सुरक्षा व्यवस्था कमजोर हुँदा व्यवसायीहरु ढुक्कसंग व्यवसाय सञ्चालन गर्ने अवस्था नरहने विश्वकर्माले बताए ।

‘लुटेराहरुले प्रदिप विश्वकर्माको श्रीमती अमिता विश्वकर्मालाई समेत कुटपिट गरी अशक्त घाइते बनाइ गरगहनाका साथ नगद समेत लुटेर लगेका छन्, यो घटनाले हामी समस्त सुन व्यवसायीहरुलाई असुरक्षित, त्रसित र भयभित बनाएको छ, मुलुकको सुरक्षा व्यवस्थाप्रति उत्पन्न भएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका विज्ञ परामर्श समिति संयोजक प्रेम कुमार सेञ्चुरीले सुनचाँदी व्यवसायीलाई शान्ति सुरक्षाको प्रत्याभुति दिलाउनुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले यस क्षेत्रमा सुनचाँदी पसलमा चोरीका घटना भए पनि चोरीमा संलग्न दोषीहरु हालसम्म पनि पक्राउ नपरेको बताए ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सुनचाँदी व्यवसायी संघको माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने बताए । उनले आगामी दिनमा घटना दोहोरिन नदिन सुरक्षा निकाय र व्यवसायी सचेत हुनुपर्ने बताए ।

व्यवसायीहरुले आफ्ना प्रतिष्ठानमा जडान गरेका सीसीटिभी क्यामेरा ठीक अवस्थामा छन् कि छैनन् बेलाबेलामा ख्याल राख्नुपर्छ, सुरक्षा निकायलाई पनि सुनचाँदी पसल निगरानी गर्न प्रशासन कार्यालयबाट आवश्यक निर्देशन दिइन्छ, ’प्रजिअ तामाङले भने ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ४ : ५५ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष