११ माघ २०८२, आइतबार | January 25, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत हासिल, एमाले सांसदद्वारा फ्लोर क्रस



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशसभामा आज भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसदले मत हालेका छन् । विपक्षमा १५ जना सांसदले मात्र मत हालेका छन् ।

मत विभाजन प्रक्रिया अनुसार मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्दै विश्वासको मत हासिल गरेको सभामुखले जनाएका थिए ।

प्रदेशसभामा ३७ जना सदस्य उपस्थित थिए । जसमध्ये नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ जना सांसदले पक्षमा भोट हालेका छन् । यसैगरी नेकपा एमालेका ४ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : २७ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)