७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको काभिड आईसीयू आइसोलेसन वार्ड आजबाट संचालनमा ल्यायो



नेपालगन्ज । कारोना महामारीले भयाबह रुप लिन थालेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पुनः आईसीयू सहितको कोरोना बिशेष वार्ड संचालनमा ल्याएको छ । आज शुक्रबारदेखि मेडिकल कलेजले कोहलपुर स्थित शिक्षण अस्पतालमा कोभिड आइसीयू र आइसोलेसन संचालनमा ल्याएको हो । अस्पतालले १५ शैयाको आईसीयू तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो ।

जिल्लामा कोरोना संक्रमणको दर र मृत्युु दर तिब्र रुपमा बढ्दै जानथालेपछि कोभिड आईसीयू तथा आइसोलेसन वार्ड संचालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले जानकारी दिएका छन् ।

कोरोनाको पहिलो माहामारीमा पनि कोरोना बिशेष वार्ड संचालन गरेको नेपालगन्ज मेडिकल कलेजले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो । केही हप्ता देखि बाँके तथा देशभर कोरोनाको संक्रमण दर ह्वात्तै बढेपछि नेपालगन्ज मेडिकल कलेजले पुनः कोभिड वार्ड संचालनमा ल्याएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : २७ बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२