१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

आइपिएल २०२१ : चेन्नइको पहिलो जित



काठमाडौं । १४ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ क्रिकेट प्रतियोगितामा अन्तर्गत चेन्नई सुपर किंग्सले पहिलो जित हात पारेको छ ।

प्रतियोगितामा पहिलो जित हासिल गर्ने क्रममा चेन्नइले पञ्जाब किङ्सलाई ६ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १ सय ७ रनको समान्य लक्ष्य चेन्नइले १५.४ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नइको जितमा मोइन अलीले ४७, फाफ डु प्लेसिसले ३३ तथा सुरेश रैनाले ८ रन बनाए ।

यसअघि, मुम्बइस्थित वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६ रन बनाएको थियो ।

खराब सुरुवात गरेको पञ्जाबको पहिलो ओभरको चौथो बलमा मयंक अग्रवाल शून्य रनमा आउट भए । यस्तै, टोलीको स्कोर १५ रन हुँदा कप्तान लोकेश राहुल ५ रनमा रनआउट भए ।

पञ्जाबका शाहरुख खानले ४७ रन बनाउँदा झाइ रिचर्डसनले १५ तथा क्रिस गेल र दीपक हूडाले समान १०-१० रन जोडे । मोहम्मद शामीले ९, मुरुगन अश्विनले ६ रन बनाए ।

चेन्नइका दीपक चाहरले ४, साम कुरान, मोइन अली र ड्वेन ब्राबोले एक-एक विकेट लिए । प्रतियोगितामा पहिलो जित हात पारेको चेन्नइ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

चेन्नइ समान २ अंक भएपनि नेट रनरेटका आधारमा मुम्बइ, दिल्ली, राजस्थान, कोलकाता र पञ्जाबभन्दा अघि रहेको हो । तालिकाको शीर्ष स्थानमा ४ अंकसाथ बैंगलोर छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ६ : ३७ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक