३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रचण्ड भन्छन् : राजनीति क्लाइमेक्समा पुग्यो; लुम्बिनी, गण्डकी र केन्द्रमा षड्यन्त्र विरुद्ध प्रतिकार हुँदैछ



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकको राजनीति क्लाइमेक्समा पुगेको टिप्पणी गरेका छन् ।

तात्कालिन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच एकता भएपछि सबैतिर खुसीयाली भएपनि प्रतिक्रियावादी र उघ्रगुटवादीहरुलाई सैह्य नभएको प्रसंग उल्लेख गर्दै प्रचण्डले तिनै शक्तिको षड्यन्त्रको क्लाइमेक्सको रुपमा मुलुकको राजनीति पुगेको टिप्पणी गरे ।

पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा शनिबार प्रचण्डले प्रधानमन्त्री केपी ओली निकटका उग्रगुटवादी, प्रतिक्रियावादी, प्रतिक्रान्तिकारी र दक्षिणपन्थी सोच भएकाले एकतासँगै सुरु गरेको षड्यन्त्र एकीकरण भंग भएसंगै “क्लाईमेक्समा” पुगेको बताए ।

अध्यक्ष प्रचण्डले मुलुकको राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफुहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा देखिने दाबी गरे ।

‘कर्णालीमा के समस्या थियो र हिजो कहाँ गएर टुंगियो यहाँहरुले थाहा पाइसक्नुभएको छ’, प्रचण्डले भने, ‘गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको र बहुमतले सरकार परिर्वतनका निम्ति अर्को मुख्यमन्त्रीको नामसहित समावेदन प्रस्तुत गरेको छ र समर्थन फिर्ता पनि हामीले लिइसकेका छौ । लुम्बिनीमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भईसकेको छ । अर्कोतिर केन्द्रमा अन्यौल र अराजकताको स्थिति अन्त्य गर्नका लागि केन्द्रीय स्तरमा पनि हामी लगातार प्रयास गरिरहेका छौ ।’

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : २९ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको