१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

‘ह्विप’ उल्लंघन गर्ने एमाले नेताहरु कर्णाली प्रदेश सरकारको मन्त्रीमा नियुक्त



सुर्खेत । नेकपा एमालेको ‘ह्विप’ उल्लंघन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगाईदिएका एमालेका तीन नेताहरुलाई शाहीले प्रदेश सरकारको मन्त्री पदमा नियुक्त गरेका छन् ।

संसदबाट विश्वासको मत लिएको भोलिपल्ट शनिबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीले ‘फ्लोर–क्रस’ गर्ने एमालेका नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्ति गरिएको छ ।

उता एमाले प्रदेश कमिटीले शनिबारै उनीहरूलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाहीका लागि पार्टीको केन्द्रमा सिफारिस गरेको छ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने र कांग्रेसबाट मन्त्री नियुक्त गरेपछि आईतबार साँझ सम्म संयुक्तरुपमा सपथ गराउने तयारी रहेको मुख्यमन्त्री उच्च स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ४० बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले