१ पुस २०८२, मंगलबार | December 16, 2025

‘ह्विप’ उल्लंघन गर्ने एमाले नेताहरु कर्णाली प्रदेश सरकारको मन्त्रीमा नियुक्त



सुर्खेत । नेकपा एमालेको ‘ह्विप’ उल्लंघन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पद जोगाईदिएका एमालेका तीन नेताहरुलाई शाहीले प्रदेश सरकारको मन्त्री पदमा नियुक्त गरेका छन् ।

संसदबाट विश्वासको मत लिएको भोलिपल्ट शनिबार प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्दै माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका शाहीले ‘फ्लोर–क्रस’ गर्ने एमालेका नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री पदमा नियुक्त गरेका हुन् । बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी, थापालाई भौतिक पूर्वाधार विकास र शाहीलाई उद्योग, पर्यटन, वन तथा वातवरणमन्त्रीमा नियुक्ति गरिएको छ ।

उता एमाले प्रदेश कमिटीले शनिबारै उनीहरूलाई पार्टीबाट निष्कासन गरेको छ भने प्रकाश ज्वालालाई कारबाहीका लागि पार्टीको केन्द्रमा सिफारिस गरेको छ।

कर्णाली प्रदेशमा नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने र कांग्रेसबाट मन्त्री नियुक्त गरेपछि आईतबार साँझ सम्म संयुक्तरुपमा सपथ गराउने तयारी रहेको मुख्यमन्त्री उच्च स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १० : ४० बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज