१५ चैत्र २०८२, आइतबार | March 30, 2026

असंवैधानिक सरकार केही दिनभित्र ठेगान लाग्छ, केन्द्रमा नयाँ कायापलट हुन्छ : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनभित्रै केन्द्रमा नयाँ कायापलट हुने दाबी गरेका छन् ।

चितवनको माडीमा योङ कम्युनिष्ट लिग वाईसीएलको नगर भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले निरंकुश सरकारलाई ठेगान लगाउन केही दिनभित्रै राजनीतिक कायापलट हुने दाबी गरेका हुन् ।

अध्यक्ष प्रचण्डले आइतबार साँझ राजनीतिक दलहरुबीच बैठक बस्न लागेको जनाउँदै सो बैठकले नयाँ सरकारका लागि महत्वपूर्ण निर्णय गर्ने बताए ।

प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई तह लगाउने अन्तिम प्रयास भैरहेको बताए । उनले भने, ‘तपाईहरुले छिट्टै खुसीको खबर सुन्नुहुनेछ। केही दिनमै केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्पमा हामी नयाँ सरकार बनाउनेछौं।’

अध्यक्ष प्रचण्डले निरंकुश सरकारको पतन गराई जनपक्षीय सरकार बनाउने दाबी गरे । प्रतिगमन विरुद्ध सडकमा रहेका दलहरुसँगको सहकार्यमा नयाँ सरकार बन्ने उनले विश्वास गरे । त्यसपछि नयाँ युगको सुरुवात हुने समेत उनले जिकिर गरे ।

अध्यक्ष प्रचण्डले संसद पूनर्थापना भएपछि यौटा व्याटल जितिसकेको बताउँदै थले ‘कर्णालीका साथीहरुले देखाइदिइसके। अब केन्द्रमा पनि कायापलट हुँदैछ, हुनैपर्छ।’

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ४ : १४ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा