३० भदौ २०८३, मंगलबार | September 15, 2026

एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा उपलब्ध



काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपमा सहज डिजिटल कारोबारको अलावा पृथक एवं ग्राहकमैत्री सेवाको लागि मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ को सुरुवात गरेको हो ।

आफ्ना लाखौं ग्राहकहरूको समस्या यथासिघ्र समाधान तथा उनीहरुको जिज्ञासालाई यथोचित सम्बोधन गर्नका लागि बैंकले कस्टुमर केयर मार्फत यस नवीन कार्यको थालनी गरेको हो ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप आफ्ना सेवा तथा सुविधाहरूलाई डिजिटल मैत्री बनाउने क्रममा यस कस्टुमर केयरबाट डिजिटल बैंकिङ्ग प्रवद्र्धनमा समेत ठोस टेवा पुग्ने बैंकले अपेक्षा लिएको छ । बैंकको मोबाइल बैंकिङ्ग एप भित्र रहेको यस कस्टुमर केयर आइकनमा च्याटबट, बैंकको प्रतिनिधिसँग सिधा सम्पक, गुनासो टिकटका साथै ईमेल सुविधा उपलब्ध छन् ।

ग्राहकहरूले जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल प्रयोग गरी यस बैंकका सेवा सम्बन्धी जानकारी लिन, गुनासो एवं आफ्नो बैंकिङ्ग आवश्यकतालाई हरसम्भव बैंक समक्ष पुर्याउन यो सुरुवात निकै प्रभावकारी हुनुका साथै यसबाट ग्राहकहरूमा सन्तुष्टि बृद्धि गर्ने बैंकले विश्वास लिएको  । ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : १३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ