१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु



नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त पोखरेलको मृत्यु भएको छ।नवलपरासीको रामग्राम नगरपालिका–२ सेतो पुलस्थित हुलाकी सडकमा ट्रकको ठक्करबाट पत्रकार पोखरेलको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब १२:१० बजे बुटवल हुँदै पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिशातर्फ गइरहेको लुम्बिनी प्रदेश ०१–००९ प ९६१९ नम्बरको मोटरसाइकलमा सवार पोखरेललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१३ भलवारीका पोखरेल गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि जिल्ला अस्पताल परासी पुर्‍याइएकोमा चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

पोखरेल रुपन्देहीमा पत्रकारितामा सक्रिय थिए। उनले अग्निपरीक्षा साप्ताहिक पत्रिका प्रकाशन गर्दै आएका थिए।

दुर्घटनापछि प्रहरीले ट्रक, मोटरसाइकल र ट्रक चालक कञ्चनपुरको लालझाडी गाउँपालिका–६ निवासी २६ वर्षीय बन्धु रानालाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  २ : ११ बजे

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे

ट्रकको ठक्करबाट रुपन्देहीका पत्रकार पोखरेलको मृत्यु

नवलपरासी । ट्रकको ठक्करबाट गम्भीर घाइते भएका रुपन्देहीका पत्रकार पोषकान्त

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी। सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously