२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

ओली भारतको टाङमुनि छिरेका छन् : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली भारतको टाङमुनि छिरेको आरोप लगाएका छन् ।

नेवि संघको ५२औं स्थापना दिवसको अवसरमा राजधानीको बाल्मिकी क्याम्पसमा आयोजित नेविसंघ केन्द्रीय समितिको कार्यक्रममा सभापति देउवाले ओली भारतको टाङमुनि छिरेर राष्ट्रवादी मुखुण्डो च्यातेको बताएका हुन् ।

ओलीले राष्ट्रवादको नाममा चुनाव जिते पनि उनी अहिले भारतीय इशारामा नाच्ने भैसकेको जिकिर गरे । देउवाले भने, ‘हिजो जो सबैभन्दा राष्ट्रवादी भन्ने ओली आज इन्डियाको तुमशरणम् भइसक्यो ।’ देउवाले ओली राष्ट्रवादी नभएर अवसरवादी भएको बताए ।

सभापति देउवाले ओली सरकार अहिले पनि बहुमतमा रहेको बताए । तर, ओली विरुद्ध बहुमत पुग्ने सम्भावना सुनिश्चित हुनासाथ उनको सरकार ढालिने स्पष्ट पारे ।

राजनीति सम्भावनाको खेल भएको भन्दै देउवाले भने, ‘नेकपा माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता गरेको छैन । ओलीलाई जसपाले साथ दिन खोजिरहेको छ । जुन दिन सरकार विरुद्ध बहुमत पुग्ने सम्भावना सुनिश्चित हुन्छ उनको सरकार ढालिन्छ ।’

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ०९ बजे

लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको स्वस्थ्य शिशु प्रतियोगिता

बुटवल । लायन्स क्लब अफ तिलोत्तमा मायादेवीको आयोजनामा स्वस्थ्य शिशु

प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको ‘घेवा’मा सहभागी

बेत्रावती । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र

आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जरिवाना

काठमाडौं । आफुखुसी इन्टरनेटको शुल्क बृद्धि गर्ने १४ वटा इन्टरनेट

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी । रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको