नेपालगन्ज । बाँकेको खजुरामा बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोर्टस क्लवको आयोजनामा खजुरा मिनि रंगशाला डि गाउँमा जिल्लाका खेलाडीले मात्र खेल्न पाउने गरि गरिएको प्रतियोगिताको उद्घाटन खेलमा न्यू हिमालय एफ.सि. एफ गाउँ विजयी बनेको हो ।
न्यू हिमालयले मोडल एफ.सि. सि गाउँलाई सुन्यका विरुद्ध १ गोल गर्दै जित हासिल गर्यो । खेलमा न्यू हिमालयका जर्सि नम्बर १३ का खेलाडी बवी पुनमगरले गोल गरेका थिए ।
क्लवका अध्यक्ष बालाराम खत्रीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका कार्यबाहक अध्यक्ष धनराम वलीले एम्पाएरलाई बल दिएर गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै कार्यबाहक अध्यक्ष वलीले जिल्ला स्तरिय प्रतियोगिताले बाँकेका खेलाडीको पहिचान गराउने बताए । उनले खेलाडी प्रोत्साहनका लागी यस्ता प्रतियोगिता हुन पर्नेमा जोड दिए ।
खजुरा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर रोका क्षेत्रीले आफ्नो वडामा स्थानिय जिल्ला देखी राष्ट्रिय स्तरका खेलहरु भैरहेकाले खुसी व्यक्त गरे । उनले खेलाडी उत्पादनलाई वडा सरकारले प्राथमिकता दिएको उल्लेख गरे ।
खजुरा गाउँपालिका कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक कृष्णा पोखरेलले खजुरा फुटबल खेलको हव बन्दै गरेको भन्दै यसलाई थप विकास गर्न जरुरी रहेको बताइन् ।
खजुरा गाउँपालिका खेलकुद विकास परिषदका सदस्य सचिव छवि विष्टले दोश्रो खजुरा गोल्डकपको तयारीका रुपमा यस खेललाई लिइने बताए । सदस्य सचिव विष्टले अगामी दोस्रो खजुरा गोल्ड कपमा खेल्ने खेलाडी अधिकाश यसै प्रतियोगिता बाट छनोट हुने अपेक्षा राखे । उनले खेलाडीलाई आफ्नो उत्कृष्ट प्रर्दशन गर्न अनुरोध समेत गरे ।
प्रतियोगितामा बिजेता हुने टिमले नगद ५१ हजार १ सय ११ साथमा ट्रफि मेडल र प्रमाणपत्र र उप विजेता टिमले ३१ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लवले जनाएको छ । प्रतियोगितामा मुख्य प्रायोजकका रुपमा नेपालगन्ज न्यूरो हस्पिटलले सहकार्य गरेको क्लवका अध्यक्ष खत्रीले बताए ।
क्लवका संरक्षक खजुरा गाउँपालिका ४ डि गाउँ निवासी हाल अमेरिका रहेका समाजसेवी लिल बहादुर थापाले प्रतियोगिताको पुरस्कार राषी सौजन्य गरेका हुन् । थापाले अघिल्लो खजुरा गोल्ड कपमा पनि प्रथम पुरस्कार स्वरुप ७ लाख नगद प्रदान गरेका थिए ।
सोमबार दुई खेल हुने आयोजकले जनाएको छ । सोमबार दिनको दुई बजे पछि पहिलो खेल भगवती स्पोर्टस क्लव र एन.के. स्पोर्टस क्लव बीच हुने क्लवका सदस्य तथा मिडिया संयोजक खगेन्द्र दाहालले जनाए ।
प्रतियोगितामा १५ टिमले सहभागिता जनाएको न्यू डाँफे स्पोर्टस क्लवका सचिव तेजेन्द्र योगीले जनाए । दशै र तिहारको अवसर पारेर आइतबार देखी शुभारम्भ गरिएको प्रतियोगिता कार्तिक २ गतेसम्म चल्ने न्यू डाँफे स्पोर्टस क्लवका उपाध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए ।
















प्रतिक्रिया