३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १३ गते



पोखरा । गण्डकी प्रदेशको विशेष अधिवेशन वैशाख १३ गते आह्वान भएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १३ गते दिउँसो २ बजे विशेष अधिवेशन आह्वान गरेका हुन् ।

सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने निश्चित भएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यही वैशाख १ गते मध्यराति चालु हिउँदे अधिवेशन अन्त्य गरेका थिए । लगत्तै वैशाख २ गते प्रतिपक्षी दलहरुले मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए भने प्रदेश प्रमुखलाई विशेष अधिवेशन आह्वानका लागि निवेदन दिएका थिए ।

प्रदेश संसदमा रहेका कुल सदस्यसंख्याको एक चौथाई सदस्यले विशेष अधिवेशनको माग गरेमा प्रदेश प्रमुखले सो अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा ३ बमोजिम विशेष अधिवेशन आह्वान गरेका हुन्।

अधिवेशन आह्वान भएसँगै गण्डकी प्रदेशमा पनि सरकार परिवर्तनको खेल सुरु भएको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गर्दै कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराइसकेका छन् ।

संसदमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाले अविश्वासको प्रस्तावमा हस्ताक्षर नगरे पनि प्रस्तावलाई समर्थन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । यद्यपी, मुख्यमन्त्री गुरुङले भने आफ्नो सरकार टिकाउने प्रयास भने जारी राखेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ५ : ४१ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०