२० मंसिर २०८२, शनिबार | December 6, 2025

कोरोना सुई लगाएका यात्रुलाई चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट



काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ ।

चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएको हो ।

हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना लागू गरिएको जानकारी दिए।

हाल चन्द्रागिरि केबलकारमा चन्द्रागिरि हिल्स जान तथा आउनका लागि रु ७०० लिइँदै आएकामा कोभिड–१९ सुई लगाएकालाई भने २५ प्रतिशत सहुलियत दिने व्यवस्था मिलाइएको महाप्रबन्धक शाहको भनाइ छ ।

लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डलाई पालना गर्दै सञ्चालनमा आएको चन्द्रागिरि हिल्सले भौतिक दूरी, स्यानिटाइजर र माक्सको प्रयोगलाई अनिवार्यरुपमा लागू गरेको छ ।

चन्द्रागिरि केबलकारमा हाल १५० कर्मचारी कार्यरत छन् । सबै कर्मचारीले पहिलो चरणको कोरोना सुई लगाइसकेको महाप्रबन्धक शाहले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ५ : ५२ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी