११ कार्तिक २०८३, बुधबार | October 28, 2026

विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनासँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेन नेतृत्वको प्रतिनिधिमण्डलले उहाँको कार्यकक्षमा शिष्टाचार भेट गरेको छ ।

परराष्ट्र मन्त्रालयका अधिकारीसमेतको उपस्थितिमा भएको भेटमाविश्व बैंकको सहयोगमा कार्यान्वयन हुने ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट’, मुलुकको सूचना प्रविधि क्षेत्रको विकासका लागि पहुँच विस्तार, ‘डेटा’ व्यवस्थापन, डिजिटल रूपान्तरण तथा शासकीय सुधारबारे छलफल भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्री तिमिल्सिनाले नेपालको सामाजिक– आर्थिक विकासका निम्ति विश्व बैंकले निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गर्दै ‘नेपाल डिजिटल ट्रान्सफरमेसन प्रजेक्ट तीव्र गतिमा कार्यान्वयन गरिने बताए ।

नयाँ सरकार गठनपछि पूर्वाधार विकास र नागरिक सेवा प्रवाहमा नतिजामुखी काम सुरु भइसकेको उल्लेख गर्दै उनले विगतभन्दा फरक ढङ्गले काम गर्दै आयोजनाका समस्या समाधानतर्फ सरकार केन्द्रित रहेको सुनाए । साथै विश्व बैंकसँगको सहकार्यमा कार्यान्वयनमा गएका आयोजनाको प्रगति पनि शीघ्र देखिने बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  १ : ५८ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको