१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

कोरोना कहर : रेम्डेसिभिर, खोप र अक्सिजनको अभाव



काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ ।

दैनिक संक्रमणदर २ हजारमाथि पुगे पनि आमनागरिकले खोप पर्याप्त नहुँदा खोप लगाउन पाएका छैनन् । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर बजारमा सहज रूपमा पाइन छोडेको छ ।

अस्पतालमा अक्सिजन प्लान्ट समेत अभाव छ । चिकित्सक र जनस्वास्थ्य विज्ञले संक्रमण रोकथाममा अत्यावश्यक मानिएको खोप, रेम्डेसिभिर र अक्सिजन तयारी अवस्थामा राख्न सरकारलाई सुझाव दिएका छन् ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले संक्रमण रोकथाममा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन नै दिएको छ । भारत सरकारबाट नेपालले खरिद गरेको १० लाख डोज खोप नेपालले पाउन सकेको छैन । यसअघि भारतबाट खरिद गरिएको १० लाख डोज, उपहारस्वरूप प्राप्त १० लाख डोज उमेर समूहका आधारमा लगाइएको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ३ लाख ४८ हजार डोज कोरोना खोप पाइसकेको छ । चीन सरकारको कम्पनी सिनोफार्मद्वारा उत्पादित कोरोना भाइरस विरुद्धको खोप ८ लाख डोज उपलब्ध गराइएको थियो । पर्याप्त खोप नआउँदा अधिकांश लगाउनबाट वञ्चित छन् ।

रेम्डेसिभिर समेत सहज रूपमा उपलब्ध हुन सकेको छैन । अस्पताल भर्ना भएका र गम्भीर बिरामी कोरोना संक्रमित उपचारमा रेम्डेसिभिर प्रयोग प्रभावकारी मानिन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल बजारमा १३ हजार भाइल स्टक रहेको बताउँछन् । ‘३६ हजार भाइल रेम्डेसिभिर स्टकमा राख्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘रेम्डेसिभिर सहज आपूर्तिका लागि मन्त्रालयले पहल गरिरहेको छ ।’

स्वास्थ्य मन्त्रालयले भारतले रेम्डेसिभिर आयातमा रोक लगाएको अवस्थामा बंगलादेशबाट खरिदका लागि प्रक्रिया अघि बढाएको छ । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलले रेम्डिसिभिर आपूर्तिका लागि औषधि व्यवस्था विभागलाई निर्देशन दिइएको जानकारी दिए ।

अक्सिजन प्लान्ट समेत अभाव देखिएको गुनासो आउन थालेको छ । मन्त्रालयले ८ ठूला अस्पतालमा अक्सिजन प्लान्ट व्यवस्था गरिने जनाएको छ । चिकित्सकका अनुसार सास फेर्न समस्या भएका बिरामी संख्या बढ्दै गए अक्सिजन आवश्यक पर्छ ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमण रोकथामका लागि खोप, अक्सिजन प्लान्ट र रेम्डिसिभिर अत्यावश्यक मानिने बताए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. पोखरेलका अनुसार संक्रमण बढेपछि काठमाडौं उपत्यकामा २ हजार बेड सञ्चालनमा ल्याइएको छ । ‘सातै प्रदेशमा २ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्न सूचित गरिएको छ,’ उनले भने, ‘आइसोलेसन बेड अस्पतालसँग जोडिने छन् ।’

भारतसँग सीमानाका जोडिएका १३ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको छ । उपचारका लागि आवश्यक अक्सिजन आयात प्रक्रिया पनि अघि बढाइएको छ । काठमाडौं उपत्यका र अन्य ६ वटै प्रदेशमा गरी ४ हजार आइसोलेसन बेड तयारी अवस्थामा छन् ।

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह समेत गरेको छ । मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले हरेक ४ दिनमा संक्रमण दर दोब्बर वृद्धि हुँदै गएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरे ।

यही अवस्थामा संक्रमण बढे स्वास्थ्य संरचनाले धान्न नसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले कोरोना जोखिम न्यूनीकरणका लागि सबैले जनस्वास्थ्य मापदण्ड कडाइ साथ पालना गर्न अपिल गरेको छ ।

देशभर बुधवार संक्रमित संख्या २ हजार नाघेको छ । एकैदिन २ हजार ३५१ जनामा कोरोना देखिएको छ । हाल देशभर १० हजार ५८२ आइसोलेसन र ८६ जना क्वारेन्टीनमा छन् । पछिल्लो २४ घण्टामा २८७ जना डिस्चार्ज भएका छन् ।

कूल संक्रमितमध्ये १ हजार ५१ जना मात्रै काठमाडौं उपत्यकामा देखिएका छन् । जसअन्तर्गत काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ संक्रमित भेटिएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ६ : ३१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना