१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कारवाही रोक्न माग गर्दै नेपाल पक्षीय नेताहरुले पेश गरेको रिट सर्वोच्चमा दर्ता, आइतबार पेशी



काठमाडौं । आफुहरुमाथि अध्यक्ष केपी शर्मा ओलीले गर्नलागेको कारवाही रोकिपाउँ भन्दै नेकपा एमालेका माधव नेपाल पक्षीय नेताहरुले सर्वोच्च अदालतमा बुझाएको रिट निवेदन दर्ता भएको छ ।

नेताहरु माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएका थिए । निर्वाचित सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चमा दिएको निवेदन बिहीबार दर्ता भएको हो । यो निवेदनमाथि आइतबारका लागि पेशी तोकिएको छ ।

निवेदनमा २०७५ जेठ २ गतेअघिकै नेकपा ९एमाले० ब्युँताउन माग गरिएको छ । रिट निवेदकहरुले सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गरिपाऊँ भन्ने माग समेत गरेका छन् ।

यही बैशाख ७ गते अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले नेता नेपाल र खनालसहित २७ जना सांसदलाई कारवाही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेपछि नेपालपक्षीय नेताहरु सर्वोच्चको शरणमा पुगेका हुन् ।

निवेदनमा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/uml-nepal-writ-supreme.pdf”]

 

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ४ : ३८ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई