३ पुस २०८२, बिहिबार | December 19, 2025

ओली नेपाल मेरियट वार्ता : ‘कुनै प्रगति छैन’



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निस्कर्षविहीन भएको छ ।

काठमाडौंको होटल म्यारियटमा बिहीबार वार्ता भएपनि दुवै नेता आआफ्नै अडानमा रहेका हुन् । वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए ।

हिजोको छलफलमा केही आश लागेपनि आज त्यो अवस्था नरहेको नेपालले बताएका छन् । नेपालले अब वार्ता कहिले हुन्छ भन्नेबारे पनि कुनै टुंगो नभएको बताए ।

पार्टी फुटको अवस्थामा पुगेको बेलामा लामो समयपछि दुई नेताबीच भएको वार्तालाई सकारात्मक मानिएको थियो । सम्वादहीनता तोडे पनि दुवै पक्षको अआफ्नै अडानमा रहेको देखिएको छ ।

नेता नेपाल पक्षले अध्यक्ष ओलीले नवौं महाधिवेशनले पारित गरेको विधानलाई कुल्चिँदै स्वेच्छाचारी निर्णय गरेको आरोप लगाउँदै आएको छ । ओली पक्षले भने नेपालहरुद्वारा पार्टी अनुशासन उल्लंघन गर्दै समानान्तर गतिविधि गरिरहेको आरोप लगाउँदै उनीहरुलाई कारवाहीका लागि स्पष्टीकरण नै सोधेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ५ : ४६ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको