१६ चैत्र २०८२, सोमबार | March 30, 2026

ओली नेपाल मेरियट वार्ता : ‘कुनै प्रगति छैन’



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निस्कर्षविहीन भएको छ ।

काठमाडौंको होटल म्यारियटमा बिहीबार वार्ता भएपनि दुवै नेता आआफ्नै अडानमा रहेका हुन् । वार्तामा कुनै प्रगति नभएको नेता नेपालले बताए ।

हिजोको छलफलमा केही आश लागेपनि आज त्यो अवस्था नरहेको नेपालले बताएका छन् । नेपालले अब वार्ता कहिले हुन्छ भन्नेबारे पनि कुनै टुंगो नभएको बताए ।

पार्टी फुटको अवस्थामा पुगेको बेलामा लामो समयपछि दुई नेताबीच भएको वार्तालाई सकारात्मक मानिएको थियो । सम्वादहीनता तोडे पनि दुवै पक्षको अआफ्नै अडानमा रहेको देखिएको छ ।

नेता नेपाल पक्षले अध्यक्ष ओलीले नवौं महाधिवेशनले पारित गरेको विधानलाई कुल्चिँदै स्वेच्छाचारी निर्णय गरेको आरोप लगाउँदै आएको छ । ओली पक्षले भने नेपालहरुद्वारा पार्टी अनुशासन उल्लंघन गर्दै समानान्तर गतिविधि गरिरहेको आरोप लगाउँदै उनीहरुलाई कारवाहीका लागि स्पष्टीकरण नै सोधेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७८, बिहिबार  ५ : ४६ बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई