१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी



काठमाडौं । आर्थिक वर्ष २०७५/७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १ खर्ब ८२ अर्ब ९२ करोड छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजी अंश ४८ दशमलव २, रिजर्भ ४२ दशमलव ८ र कर्जा अंश ९ दशमलव शून्य प्रतिशत छ । रिजर्भ अंश २७ दशमलव शून्य प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो ।

नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार २०७६ असार मसान्तसम्म नेपालमा ५३ देशको प्रत्यक्ष वैदेशिक लगानी थियो । जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड लगानी आएको थियो ।

भारतपछि चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किस्टस एन्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्यान्डबाट ११ अर्ब ५९ करोड र सिंगापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिएको छ ।

नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१ दशमलव १ सेवा र ४८ दशमलव ८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको राष्ट्र बैंकमा अध्ययनमा उल्लेख छ ।

सेवा क्षेत्रअन्र्तगत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७ दशमलव ४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा रहेको छ । औद्योगिक क्षेत्रअन्र्तगत उत्पादन क्षेत्रमा २८ दशमलव ६ प्रतिशत र जलविद्युत् क्षेत्रमा २० दशमलव ० प्रतिशत वैदेशिक लगानी छ ।

राष्ट्र बैंकले प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्यांक संकलन गरी लगानी क्षेत्रगत अवस्था एवं प्रवृत्ति विश्लेषण आधारमा आवश्यक नीति निर्माणमा सहयोग पु-याउने उद्देश्यले स्थलगत सर्वेक्षण गरी प्रतिवेदन प्रकाशनक्रममा प्रतिवेदन सार्वजनिक गरेको हो ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०७५-७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल ५ सय २२ को नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५-७६’ तयार पारेको हो ।

सन् २०१९ मा अघिल्लो सालको तुलनामा विश्वमा वैदेशिक लगानी ३ प्रतिशतले वृद्धि भएको थियो । जसमा एसियाले मात्र कुल विश्वको वैदेशिक लगानीमध्ये ३० दशमलव ८ प्रतिशत वैदेशिक लगानी भित्र्याएको तथ्यांक छ ।

सबैभन्दा बढी वैदेशिक लगानी भित्र्याउनेमा चीन, सिंगापुर र हङकङ रहेको छ । दक्षिण एसियामा सन् २०१९ मा १० प्रतिशतले वैदेशिक लगानी भित्रिएको छ ।

भारतले मात्र सो वर्ष ५० दशमलव ५५ बिलियन डलरको वैदेशिक लगानी भित्र्याएको छ । प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनेमा पाकिस्तान र बंगलादेशमा पनि पर्छन् ।

नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी विद्युत्, ग्यास र पानीमा रहेको छ । यो कुल वैदेशिक लगानीको ८१ दशमलव ७ प्रतिशत हुन आउँछ । यो क्षेत्रमा १ खर्ब ६० अर्ब ७२ करोड छ ।

कुल वैदेशिक लगानीको ७ प्रतिशत यातायात भण्डारण र सञ्चारमा रहेको छ । यसमा १३ अर्ब ६८ करोड वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ । नेपालमा कुल वैदेशिक लगानीको ३० दशमलव ६ प्रतिशत भारत र चीनको १५ दशमलव १ प्रतिशत रहेको छ ।

त्यस्तै, सेन्ट किट्स र नेभिसको १३ दशमलव ६, आइरल्यान्डको ६ दशमलव ३, सिंगापुरको ४ दशमलव ८ र अस्ट्रेलियको ४ दशमलव २ प्रतिशत रहेको छ । यसैगरी, संयुक्त अरब इमिरेटको ३ दशमलव ७ प्रतिशत, बंगलादेशको २ दशमलव ८ प्रतिशत, दक्षिण कोरियाको २ दशमलव ६ प्रतिशत र अमेरिकाको २ दशमलव ४ प्रतिशत छ ।

नेपालमा आएका वैदेशिक लगानीमध्ये सबैभन्दा बढी बाग्मती प्रदेशमा परेको छ । यो प्रदेशमा ६५ दशमलव ५ प्रतिशत लगानी हुँदा सुदूरपश्चिममा शून्य प्रतिशत रहेको छ ।

गण्डकीमा १४ दशमलव २ प्रतिशत, प्रदेश २ मा १० प्रतिशत, प्रदेश १ मा ७ दशमलव ८ प्रतिशत, लुम्बिनीमा २ प्रतिशत र कर्णालीमा शून्य दशमलव ७ प्रतिशत वैदेशिक लगानी रहेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ७ : २१ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार