४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रियसभाका सांसद चन्द्रबहादुर खड्काको पद खारेज गर्न माओवादीले बुझायो संसद सचिवालयलाई पत्र



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का एक सांसदलाई कारवाही गरेको छ ।

राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गरेको छ ।

राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयलमा दर्ता गराउँदै खड्काले दल त्याग गरेको जानकारी गराएका छन् । यससँगै खड्काको सांसद पद अब खारेज हुनेछ ।

खड्काले दल त्याग गरेको हुँदा उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए । शर्माले सोही पत्रका आधारमा संसद सचिवालयलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ (२) बमोजिम अर्को पत्र लेख्दै खड्काले दल त्याग गरेको जानकारी गराएका हुन् ।

यसअघि राष्ट्रिय सभाकै सदस्य रहेका गृहमन्त्री रामबहादुर थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रले संसद सचिवालयमा बुझाएसँगै उनको सांसद पद खारेज भएको थियो ।

निर्वाचन आयोगले थापाको रिक्त भएको पदमा जेठ ६ गते पुनः निर्वाचन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ०२ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा