१६ श्रावण २०८३, शनिबार | August 1, 2026

प्रचण्डमाथि लगाइएको आरोप पुष्टि गर्न माओवादीको चुनौती, नत्र कानूनी कारवाहीको चेतावनी



काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासबाट दुई करोड रुपैयाँसहितका ट्रक बाहिरिएको समाचारप्रति कडा आपत्ति जनाएको छ ।

प्रचण्डको सचिवालयको तर्फबाट सोमबार जारी प्रेस नोटमा प्रचण्डको घरबाट दुई करोड बोकेको ट्रक भेटिएको तथा सुरक्षाकर्मीलाई घरेलु काममा लगाइएको गंगा दाहालको घरमा राखिएको जस्ता समाचार चरित्र हत्या गर्ने उद्देश्यका साथ गरिएको दुरासयपूर्ण प्रचार भएको बताउँदै ती सबै दाबीहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ।

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा पार्टी नेतृत्व र उहाँका परिवारका सदस्यहरूलाई लक्षित गर्दै गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै भनिएको छ, “संविधानले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको नाममा चरित्रहत्या, गालीगलौज र मानहानी गर्न नपाइने कानुनी व्यवस्था स्पष्ट छ। तर पछिल्ला केही सामग्रीहरूले ती मापदण्डहरूको उल्लङ्घन गर्दै पूर्वाग्रही, एकतर्फी, प्रायोजित र असत्य विवरणहरू प्रस्तुत गरेका छन्, जुन अत्यन्त आपत्तिजनक छन्।”

पार्टीले सम्बन्धित सञ्चारमाध्यमहरूलाई दुई करोड रुपैयाँ लगिएको र सुरक्षाकर्मीलाई घरेलु कामदारका रूपमा प्रयोग गरिएको आरोप प्रमाणित गर्न चुनौती दिएको छ। साथै, प्रचण्डकी छोरी गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबी पनि पूर्णतः निराधार रहेको जनाएको छ।

हालै एक यूट्युव अन्तर्वार्तामा नेपाल प्रहरीका पूर्व एआईजी देवेन्द्र सुवेदीले आफुले गोप्य सूचना पाएको भन्दै प्रचण्डको घरबाट जेनजी आन्दोलनको दुई दिन अघि दुई करोड रुपैयाँ बोकेका दुई ट्रक बाहिरिएको दाबी गरेका थिए । यस्तै, एक अनलाइनमा प्रचण्डको घरमा रहेका सुरक्षाकर्मीलाई घरेलु काममा लगाइएको र गंगा दाहालको घरमा आठ जना खटाइएको समाचार प्रकाशित गरेको थियो ।

माओवादी केन्द्रले डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि सम्बन्धित निकायसँग माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “भविष्यमा यस्ता तथ्यहीन र दुरासयपूर्ण सामग्रीहरू प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी प्रकाशक तथा प्रसारक पक्षले नै वहन गर्नुपर्नेछ।”

पार्टीले आम जनतालाई यस्ता भ्रामक र कुप्रचारको भ्रममा नपर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : २९ बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान