१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

माओवादी सचिवालयको बैठक पेरिसडाँडामा सुरु



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी अध्यक्ष एवं आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा सुरु भएको हो ।

बैठकमा हालै देशभर आएको विपद्‌पछिको अवस्थाको मूल्यांकन, आगामी विशेष महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट प्रक्रिया, तथा संगठन सुदृढीकरणका विषयहरूमा गम्भीर छलफल भइरहेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

यसअघि यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार माओवादी केन्द्रले आगामी मंसिरको अन्तिम साताभित्र विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएको हो ।

बैठकमा आगामी राजनीतिक दिशा, संगठन विस्तारका योजना र देशभरका समितिहरूलाई सक्रिय बनाउने विषय पनि एजेन्डामा समावेश गरिएको बताइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  २ : ०९ बजे

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ