४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमालेद्वारा नेताहरुको कार्यविभाजन, नेपाल पक्षीय नेताहरु जिम्मेवारीविहीन



काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । दशौं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बालुवाटारमा बसेको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

कार्यविभाजन गर्दा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुलाई भने जिम्मेवारीविहीन बनाइएको छ । अध्यक्ष केपी ओलीले बैठकमा उनीहरु आत्मालोचना गरेर मूलधारमा फर्केपछि मात्रै जिम्मेवारी दिइने बताएका थिए ।

विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

कार्यविभाजनअनुसार अध्यक्ष ओली स्कुल विभाग प्रमुख भएका छन् । महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज भएका छन् भने रामबहादुर थापा बागमती प्रदेश इन्चार्ज एवं राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग प्रमुख बनेका छन् । यस्तै विष्णु पौडेल सगठन विभाग प्रमुख भएका छन् ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/UML-Karyabibhajan.pdf” title=”UML Karyabibhajan”]

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : १९ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा