१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमालेद्वारा नेताहरुको कार्यविभाजन, नेपाल पक्षीय नेताहरु जिम्मेवारीविहीन



काठमाडौं । नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । दशौं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बालुवाटारमा बसेको बैठकले नेताहरुको कार्यविभाजन गरेको हो ।

कार्यविभाजन गर्दा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय नेताहरुलाई भने जिम्मेवारीविहीन बनाइएको छ । अध्यक्ष केपी ओलीले बैठकमा उनीहरु आत्मालोचना गरेर मूलधारमा फर्केपछि मात्रै जिम्मेवारी दिइने बताएका थिए ।

विष्णु पौडेल, शंकर पोखरेल र टोपबहादुर रायमाझी सम्मिलित कार्यदलले दिएको सुझावका आधारमा नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।

कार्यविभाजनअनुसार अध्यक्ष ओली स्कुल विभाग प्रमुख भएका छन् । महासचिव ईश्वर पोखरेल उपत्यका विशेष कमिटीको इन्चार्ज भएका छन् भने रामबहादुर थापा बागमती प्रदेश इन्चार्ज एवं राष्ट्रिय सुरक्षा प्रवद्र्धन विभाग प्रमुख बनेका छन् । यस्तै विष्णु पौडेल सगठन विभाग प्रमुख भएका छन् ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/UML-Karyabibhajan.pdf” title=”UML Karyabibhajan”]

 

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : १९ बजे

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा

प्रधानमन्त्री बालेन्द्रद्वारा प्रतिनिधिसभाका सांसदहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सांसदहरुसँग छलफल सुरु गरेका