१२ बैशाख २०८१, बुधबार | April 24, 2024

एमाले स्थायी कमिटीको बैठक सर्‍यो



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको छ । मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको हो ।

आन्तरिक छलफलका लागि भन्दै ११ बजे बोलाइएको बैठक ३ बजेसम्मका लागि सारिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

उनका अनुसार दिउँसो ३ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बस्न लागेको छ । आजको बैठकमा माधवकुमार नेपालले गठन गर्न लागेको नयाँ पार्टीमा सहभागी नभएका नेताहरुको समेत सहभागिता रहने बताइएको छ ।

सोमबार नेपाल पक्षमा नलागेका स्थायी कमिटी सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले विवाद समाधान गर्न गठित कार्यदलले गरेको १० बुँदे सहमती कार्यान्वयन गर्न दबाब दिएका थिए ।

स्थायी कमिटी सदस्यहरुको सोही माग बमोजिम आज २०७५ साल जेठ २ गतेको अवस्थाको स्थायी कमिटी बैठक बस्ने र बैठकमा यसअघि उपस्थित नभएका स्थायी कमिटी सदस्यहरु पनि सहभागी हुने जनाइएको छ ।

आज बस्ने स्थायी कमिटीको बैठकले १० बुँदे कार्यान्वयनका लागि मितिसहितको कार्ययोजना ल्याउने र लगत्तै केन्द्रीय कमिटी बैठक आव्हान गरेर सहमतिलाई परिस्कृत गर्दै कार्यान्वयनमा भनिएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ०८ बजे

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाडौं । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य गर्ने