१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

पूर्वी नवलपरासीको बुलिङटारमा जीप दुर्घटना : एकको मृत्यु, १६ घाइते



नवलपरासी। पूर्वी नवरपरासीको बुलिङटारमा शुक्रबार जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलीपकुमारी गिरीका अनुसार नवलपुरको दलदलेबाट पाल्पाको रामपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बुलिङटार गाउँपालिका–६, अत्रौलीमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी पाल्पा रामपुर–४ बस्ने २३ वर्षीय अजय विकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए । घाइतेमध्ये पाँच जनाको नारायणी सामुदायिक अस्पताल भरतपुर र ११ जनाको डेढगाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

घाइतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्कीको अवस्था गम्भीर रहेको उनले बताए । जीपमा १७ जना सवार थिए । जीपका चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । जीपको बे्रक फेल भएपछि सडकदेखि ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : ५९ बजे

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री