३२ असार २०८३, बिहिबार | July 17, 2026

कर्णाली प्रदेश विकास परिषद्को दोस्रो बैठक आज



सुर्खेत । कर्णाली प्रदेश सरकारको दोस्रो प्रदेश विकास परिषद् बैठक आज बस्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बैठक आज बिहान ११ः०० बजेबाट शुरु हुँदैछ ।

कर्णाली प्रदेश सरकार तथा प्रदेश योजना आयोगद्वारा आयोजित बैठकमा प्रथमतः कर्णाली प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको कार्यान्वयनबारे कार्यपत्र प्रस्तुत गर्ने र त्यसमा छलफल हुने प्रदेश विकास परिषद्को दोस्रो बैठक तयारी समिति संयोजक तथा आयोगका सदस्य डा दीपेन्द्र रोकायले जानकारी दिए ।

त्यस्तै बैठकमा संयोजक डा रोकायले चालु आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन र आगामी आर्थिक वर्षका लागि लिनुपर्ने नीति, कार्यक्रम र बजेटसम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुनेछ र त्यसपश्चात राय सुझाव लिइने तालिका सार्वजनिक गरिएको छ ।

आयोगका सदस्य योगेन्द्र शाही र दिव्यराज पोखरेलले प्रस्तुत गर्ने परियोजना बैंक र लगानी सम्मेलन तथा सहलगानीका सम्बन्धमा बैठकमा छलफल गरी परिषद्को मार्गदर्शन लिइने जनाइएको छ ।

उक्त बैठकमा प्रदेश सरकारका मन्त्री, प्रदेशसभा दलका प्रमुख नेता, समितिका अध्यक्ष, आयोगका पदाधिकारी, प्रदेश सचिव, जिल्ला समन्वय प्रमुख, नगरपालिका तथा गाउँपालिकाका प्रमुख÷अध्यक्ष, विभिन्न क्षेत्रबाट मनोनित पाँच जना, कर्णाली विज्ञ समूहका साथै लब्धप्रतिष्ठित व्यक्तिहरूलाई आमन्त्रण गरिएको सयोजक डा रोकायले बताए । उनका अनुसार बैठक भर्चुअलरूपमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ८ : ५५ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना