१६ चैत्र २०८२, सोमबार | March 30, 2026

कर्णालीको जस्तै फ्लोर क्रस रोक्न सांसदहरुलाई कारवाही गर्ने जिम्मा एमाले स्थायी कमिटीलाई



काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ सांसदबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

सरकार विरुद्ध विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याउन सक्ने आंकलन गर्दै एमालेले आफ्ना सांसदहरुबाट फ्लोर क्रस हुनसक्ने सम्भावना रहेको निस्कर्ष निकाल्दै तत्कालै कारवाही गर्नेबारे निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय गरेको हो ।

स्पष्टीकरण सोधिएका सांसदहरुमध्ये कसकसलाई कारवाही गर्ने प्रस्ताव स्थायी कमिटीलाई दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जनाए ।

त्यसबारे आवश्यक निर्णय आगामी दिनमा हुने ज्ञवालीले बताए । कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयासबारे आवश्यक जानकारी लिइएको बताउँदै ज्ञवालीले त्यसबारे उपयुक्त समयमा निर्णय लिइने बताए ।

बैठकमा प्रधानमन्त्रीले कोरोना भाइरसको महामारीबारे जानकारी गराउँदै त्यस विरुद्ध लड्न पार्टी पंक्ति पनि तयार हुनुपर्ने बताएका थिए । बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको ज्ञवालीले जानकारी दिए ।  प्रवक्ता ज्ञवालीले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको पनि बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ०४ बजे

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष