४ पुस २०८२, शुक्रबार | December 19, 2025

कर्णालीको जस्तै फ्लोर क्रस रोक्न सांसदहरुलाई कारवाही गर्ने जिम्मा एमाले स्थायी कमिटीलाई



काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित २७ सांसदबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

सरकार विरुद्ध विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याउन सक्ने आंकलन गर्दै एमालेले आफ्ना सांसदहरुबाट फ्लोर क्रस हुनसक्ने सम्भावना रहेको निस्कर्ष निकाल्दै तत्कालै कारवाही गर्नेबारे निर्णय गर्ने अधिकार स्थायी कमिटीलाई दिने निर्णय गरेको हो ।

स्पष्टीकरण सोधिएका सांसदहरुमध्ये कसकसलाई कारवाही गर्ने प्रस्ताव स्थायी कमिटीलाई दिएको प्रवक्ता प्रदीप ज्ञवालीले जनाए ।

त्यसबारे आवश्यक निर्णय आगामी दिनमा हुने ज्ञवालीले बताए । कर्णालीको जस्तै फ्लोर क्रस गराउने प्रयासबारे आवश्यक जानकारी लिइएको बताउँदै ज्ञवालीले त्यसबारे उपयुक्त समयमा निर्णय लिइने बताए ।

बैठकमा प्रधानमन्त्रीले कोरोना भाइरसको महामारीबारे जानकारी गराउँदै त्यस विरुद्ध लड्न पार्टी पंक्ति पनि तयार हुनुपर्ने बताएका थिए । बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको ज्ञवालीले जानकारी दिए ।  प्रवक्ता ज्ञवालीले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको पनि बताए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ०४ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा