१२ बैशाख २०८१, बुधबार | April 24, 2024

सरकारी भवन निर्माणले गति लिँदै



काठमाडौं । सरकारले पूर्वाधार विकासलाई अगाडि बढाउने क्रममा विशेष भवन निर्माणलाई गति दिएको छ ।

विशेष भवन निर्माणअन्तर्गत अहिले सिंहदरबार परिसरमा सङ्घीय संसद् भवन र बालुवाटारमा प्रधानमन्त्रीको सरकारी आवास निर्माण भइरहेका छन् ।

त्यसैगरी ललितपुरको भैँसेपाटीमा राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधि सभाका उपाध्यक्ष, सङ्घीय मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालय निर्माण भइरहेको छ । ललितपुरकै गोदावरीमा तीन हजार व्यक्ति क्षमताको सभाहल निर्माण भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकास व्यवस्थापन विज्ञ गजेन्द्र थपलियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्बन्धित मन्त्रालय र निकायबाट बारम्बार हुने गरेको अनुगमन, प्रगति समीक्षा तथा सहजीकरणका कारण विशेष भवनको निर्माण कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको बताए । उनले अहिलेसम्म यी भवन निर्माणमा दोस्रो चरणको कोभिड-१९ को महामारीको प्रभाव नपरेको स्पष्ट पारे ।

सहरी विकास मन्त्रालयअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख दिलीपशेखर श्रेष्ठका अनुसार प्रधानमन्त्रीको सरकारी आवास निर्माण माघसम्मको समष्टिगत भौतिक प्रगति ७५ प्रतिशत रहेको छ । उनले निर्माणाधीन दुई भवनमध्ये प्रधानमन्त्रीको निवास साउनसम्म निर्माण गरी प्रधानमन्त्री निवास स्थानान्तरण गर्ने जानकारी दिँदै अर्को निर्माणाधीन सार्वजनिक भवन दशैँसम्म निर्माण सम्पन्न हुने बताए ।

गोदावरीमा निर्माणाधीन सभाहलको निर्माण अन्तिम चरणमा पुगेको छ । उनले यसको मुख्य निर्माणको काम सम्पन्न भइसकेको छ र साजसज्जा, रङरोगन, हरितीकरणलगायतका काम मात्र बाँकी रहेको जानकारी दिए । वैशाखको दोस्रो हप्तासम्म यस सभाहलको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ । उनका अनुसार जेठको पहिलो हप्तामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस सभाहलको उद्घाटनको तयारी भइरहेको छ ।

त्यसैगरी सङ्घीय संसद् भवनको भौतिक प्रगति २८ प्रतिशत रहेको बताए । अहिले संसद् भवन निर्माणमा करिब चार सय जना जनशक्ति कार्यरत छन् । कार्यालय प्रमुख श्रेष्ठले सङ्घीयमन्त्री आवास निर्माणको भौतिक प्रगति ५५ प्रतिशत, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास तथा सम्पर्क कार्यालयको निर्माण प्रगति ५५ प्रतिशत रहेको बताए ।

कोभिड-१९ को महामारीको पहिलो चरणको प्रभावका कारण लक्ष्य पूरा नसकेको निर्धारित समयमा नै काम सम्पन्न हुने र आगामी निर्वाचनअगावै मन्त्री निवास पुल्चोकबाट भैँसेपाटी स्थानान्तरण गरिने सहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । कोभिड-१९ को महामारीसँगै सुरु भएको बन्दाबन्दीका कारण जनशक्ति र निर्माण सामग्री समयमा उपलब्ध हुन नसक्दा एक वर्षको लक्ष्य हासिल हुन नसकेको हो ।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सङ्घीयमन्त्री निवास निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनीबीच २०७६ कात्तिक २७ गते सम्झौता भएको थियो । करिब एक अर्ब ३४ करोड रुपियाँको कुल लागतमा यो आवास क्षेत्रको निर्माण भइरहेको छ ।

त्यसैगरी प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण कार्य दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७६ असोज २७ गते निर्माण सम्झौता भएको थियो । यस आवास क्षेत्र निर्माणको कुल लागत ७३ करोड ४७ लाख रुपियाँ रहेको छ ।

मन्त्री आवास क्षेत्र निर्माणको जिम्मा पाएका निर्माण कम्पनी स्रिको-हनुमान (जेभी)का अनुसार निर्माणाधीन कुल २७ वटा भवनमध्ये २० वटा भवनमा पहिलो तलाको काम, ११ वटा भवनमा दोस्रो तलाको काम र दुईवटा भवनको तेस्रो तलाको काम सम्पन्न भइसकेको छ । कुल ९६ रोपनी १० आना क्षेत्रफलमा मन्त्री आवास क्षेत्रको निर्माण भइरहेको छ ।

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तथा सम्पर्क कार्यालय निर्माण कुल २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको आवास क्षेत्र निर्माण भइरहेको छ । सातवटै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सातवटा भवन निर्माण भइरहेको छ ।  उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ७ : ४५ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा