८ चैत्र २०८२, आइतबार | March 22, 2026

कोराना उपचारमा भारतलाई अमेरिकासहित अन्य मुलुकबाट स्वास्थ्य सामग्री सहयोग गर्ने



काठमाडाैं । कोरोना भाइरसको महामारीबाट अतिप्रभावित भएको भारतलाई विश्वका विभिन्न मुलुकहरूले स्वास्थ्य सामग्री सहयोग गर्ने जनाएका छन ।

भारतमा आस्ट्राजेनेका खोप निर्माणमा आवश्यक पर्ने कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ ।

बेलायतले भारतमा भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । बेलायतले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण (जसले हावाबाट अक्सिजन तान्नसक्छ) तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ ।

युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँन थालेको छ । फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ भने युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ ।

भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन् ।

भारत सरकारले अक्सिजन उत्पादनमा बढोत्तरी गर्न देशभरि ५०० वटा कारखाना खोल्न अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।

अक्सिजन र औषधिको अभावमा बिरामी र उनीहरुका आफन्तले सामाजिक सञ्जालमा सहयोगको याचना गरेसँगै विभिन्न राष्ट्रले उपचारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ८ : ०३ बजे

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगन्ज । बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् ।

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा