२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

भारतमा एकैदिन झण्डै नौ हजार सङ्क्रमित



भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

बुधबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा सङ्क्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार भारतमा पछिल्लो २४ घण्टाको अवधिमा आठ हजार ९०९ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितको संख्या दुई लाख सात हजार ६१५ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर भारतमा अहिलेसम्म ५ हजार ८१५ जनाको मृत्यु भइसकेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभरी अहिले पनि एक लाख एक हजार ४९७ जना सङ्क्रमित अवस्था मै रहेका छन् । त्यसैगरी एक लाख ३०३ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेको स्वास्थ्य अधिकारीहरुले बुधबार बताएका छन् ।

मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म सवैभन्दा धेरै सङ्क्रमितको संख्या महाराष्ट्र प्रदेशमा रहेको छ । महाराष्ट्रमा मात्रै ७२ हजार ३०० जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा २४ हजार ५८६ जना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिदै गएको अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ६ : ४२ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद