४ पुस २०८२, शुक्रबार | December 19, 2025

पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द



काभ्रे । कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ ।

पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य पूजापाठलगायतका सम्पूर्ण क्रियाकलाप बन्द गरेको हो ।

नगरपालिका प्रमुख महेश खरेलले विश्वभरि फैलिँदै गएको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेको र मठमन्दिरमा दर्शनार्थीको भिडले कोरोना सङ्क्रमणको जोखिम अझै बढ्ने सम्भावना भएकाले नगरपालिकाको नगरस्तरीय विपद् व्यवस्थापन समितिको यही वैशाख १० गते बसेको निर्णयानुसार सर्वसाधारणलाई दर्शन र पूजापाठ गर्न बन्द गरिएको बताए । मन्दिरमा नियमित नित्य पूजा भने निरन्तर चल्ने उहाँले बताउनुभयो । पञ्लाञ्चोक भगवती मन्दिरलगायत नगरपालिकाले नगरभित्रका अन्य मठमन्दिरमा समेत सर्वसाधारणलाई अर्को सूचना नभएसम्मका लागि पूजा र दर्शन गर्न बन्द गरेको छ ।

यसैबीच नगरभित्रका सबै विद्यालय आइतबारदेखि एक हप्ताका लागि बन्द गरिएको छ । सञ्चालन हुन लागेका परीक्षा भने स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी सञ्चालन हुने तयारी भइरहेको नगर प्रमुख खरेलले बताए । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै पाँचखाल समाजकल्याणमा अक्सिजनसहितको १५ शय्याको आइसोलेसन तयारी अवस्थामा राखेको उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १० : ३९ बजे

मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी

बुटवल । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि

जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपामा आबद्ध

काठमाडौं । ‘जेनजी’ अभियानका अगुवा पुरुषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार