१० श्रावण २०८३, आइतबार | July 27, 2026

पलाञ्चोकमा दर्शनार्थी खचाखच



काभ्रेपलाञ्चोक । नवरात्रका अवसरमा पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन् ।

विसं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ । बुच्चाकोटमा रहेको पलाञ्चोक भगवतीले एक स्थानीय एक वृद्धलाई सपनामा आफ्नो मूर्ति उक्त स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको जनश्रुति छ ।

त्यसअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हाल मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र अर्को दिन बिहान उठाएर लैजाने प्रयास गर्दा उठाउन नसकेपछि स्थानीय ६० घरका मानिसले पनि उठाउन नसकेपछि सोही स्थानमा देवीको उक्त मूर्ति राखेर पूजा हुन थालेको हो ।

पलाञ्चोक भगवतीथानमा १९९० सालको भूकम्पमा खासै क्षति नभएको स्थनीय ज्येष्ठ नागरिकहरू बताउँछन । देवीको मूर्तिको शिर थोरै पश्चिमतिर ढल्किएको छ । विसं २०७२ को भूकम्पले पनि मन्दिरमा सामान्य क्षति भएको थियो । पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वासमा देशका विभिन्न स्थानका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८१, बुधबार  ८ : ३५ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले