१८ माघ २०८२, आइतबार | February 1, 2026

सत्ता ढल्ने निश्चित भएपछि ‘पीसीआर’को नाममा एमालेद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध



पोखरा । अविश्वासको प्रस्तावमार्फत आफ्नो सत्ता ढल्ने निश्चित भएपछि गण्डकी प्रदेशसभा बैठकलाई सत्तारुढ एमालेका सांसदले अवरुद्ध गरेका छन् ।

एमालेका सांसदहरुले कोरोना परीक्षण नगरी बैठक बसालेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गरेकाहुन् । विशेष अधिवेशनमार्फत बोलाइएको बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध टेबल गरिएको अविश्वासको प्रस्तावमाथि सोमबारबाट छलफल भैरहेकोछ ।

सांसदहरुले पीसीआर परीक्षण नगरेको, कोरोनाको दोस्रो डोज नलगाएको र जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाको अवधीमा बैठक चल्न नदिने एमालेका सांसदले तर्क गरेका छन् । यद्यपी, कोरोनाको नाम देखाएपनि आफ्नो सरकार ढल्ने निश्चित भएपछि एमालेले नौटंकी गरेर बैठक अवरुद्ध बनाएको प्रतिपक्षी दलहरुले आरोप लगाएका छन् ।

विशेष अधिवेशनको दोस्रो दिन पनि अविश्वासको प्रस्तावमाथि छलफल सुरु हुनैलाग्दा एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले सांसद राजीव पहारीलाई बोल्न समय दिएका थिए । पहारीले पीसीआर परीक्षण नगरी संसद बैठक बस्न नसक्ने तर्क गर्दै बैठक अघि बढाए अवरुद्ध गर्ने चेतावनी दिए ।

तर, त्यसअघि बसेको कार्यव्यवस्था परामर्श समिति र सरकारका मन्त्रीहरुसमेतको उपस्थितिमा भएको सर्वदलीय बैठक बसेर आजको कार्यसूची तयार भएको थियो ।

सभामुखले विशेष अधिवेशन रोक्न नसक्ने बताएपछि पनि एमाले सांसदहरुले उठेर विरोध जनाइरहे । त्यसपछि सभामुखले बैठक १८ मिनेट स्थगित गरेका छन् ।

गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्तावित गर्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

मुख्यमन्त्री गुरुङले आफुविरुद्ध अविश्वासको प्रस्ताव आउने थाहा पाएपछि रातारात चालु हिउँदे अधिवेशन अन्त्य गराएका थिए । तर, तत्कालै प्रतिपक्षी दलहरुले संविधानअनुसार संसदको विषेशष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखलाई निवेदन दिएका थिए । त्यसपछि प्रदेश प्रमुखले बैशाख १३ गतेका लागि विशेष अधिवेशन आह्वान गरेका थिए । विशेष अधिवेशनको पहिलो दिन हिजो मुख्यमन्त्री विरुद्ध प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव टेवल भैसकेको छ । सो प्रस्तावमाथिको छलफल जारी छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १ : २८ बजे

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार