१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जसपा पनि विवादमै



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र बैठक विषयलाई लिएर विवाद भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलवार बसेको शीर्ष नेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।

जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरेका छन् ।

स्रोतका अनुसार शीर्षनेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव भट्टराई र यादवले गरेका छन् । तर, ठाकुर र महतोले एकै स्वरमा अहिलेको अवस्थामा बैठक बस्ने सम्भावना नभएको जवाफ दिएका छन् ।

‘कार्यकारिणी समिति बैठक छिटोभन्दा छिटो बसेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरौं भन्ने प्रस्ताव बाबुराम र उपेन्द्रजीबाट आयो,’ स्रोतले भन्यो, ‘तर, उहाँहरूको प्रस्ताव महन्थ र राजेन्द्रजीले अस्वीकार गर्नुभयो । अहिले कोरोना महामारी र लकडाउन भएकाले बैठक बस्ने सहज वातावरण नै छैन । सहज भएपछि बैठक बस्नेबारे छलफल गरौं ।’

बैठकमा डा. भट्टराई, ठाकुर, यादव, महतोका साथै वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । शीर्ष नेताको बैठक औपचारिकता नै नपाउँदै टुंगिएको छ । अहिले पछिल्लो राजनीतिक अवस्थाबारे छलफल होला भन्ने विश्वास भए पनि नेताबीचको विवादका कारण बैठक ५ मिनेटमै सकेको स्रोतले बतायो ।

सरकार निर्माण विषयमा दौडधुप भइरहेका बेला त्यसबारे समेत निर्णय गर्नुपर्ने बेला बैठक नै नबस्ने अवस्थाले पार्टी अनिर्णयको बन्दी बन्दै गइरहेको छ । यसअघि तोकिएको कार्यकारिणी समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले पार्टी कार्यालयमा शीर्ष नेताबीच अनौपचारिक कुराकानी मात्रै भएको बताए । उनका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्ने भए पनि कोरोना तथा लकडाउनका कारण कसरी अगाडि बढ्ने भन्ने विषयमा सामान्य छलफल मात्रै भएको छ ।

स्रोतका अनुसार ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । तर डा. भट्टराई, यादव, राई समूह ओलीइतरको गठबन्धन सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।

सत्ता समीकरण विषयलाई लिएर २ धु्रवमा विभाजित जसपा भट्टराई, यादव र राई समूहले ओली नेतृत्वको सरकारसँग कुनै पनि हालतमा सहकार्य नगर्ने पक्षमा रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसँग मिलेर ओली सरकारविरुद्ध अविश्वास ल्याएर वैकल्पिक सरकार गठन गर्नुपर्ने पक्षमा यो समूह रहेको छ । तर ठाकुर र महतो समूहले मधेशका मुद्दा ओली सरकारले सम्बोधन गरिरहेकाले समर्थन गर्नुपर्ने अडान लिएको छन् ।

ओली सरकारलाई नै समर्थन गरेर सरकारमा सहभागी हुनुपर्ने ठाकुर र महतो समूहको अडानका कारण भट्टराई, यादव र राई समूहको माग अस्वीकृत हुँदै आएको छ ।

‘सत्ता समीकरणको खेलमा जसपा लाग्दैन, ओली सरकारविरुद्ध अहिलेसम्म अविश्वास प्रस्ताव ल्याउने निर्णय कांग्रेस, माओवादी केन्द्रले गरेकै छैनन्,’ स्रोतले भन्यो, ‘अर्कोतर्फ अविश्वास प्रस्तावपछि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयसमेत टुंगो लागेको छैन ।’

नेकपा एमाले र जसपाले गठन गरेको कार्यदलबीच निरन्तर छलफल जारी छ । छलफल क्रममा जसपाले उठाउँदै आएको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली तयार छन् ।

जसपाको विभिन्न मागमध्ये मधेश आन्दोलनका क्रममा लागेका कतिपय राजनीतिक मुद्दा मन्त्रिपरिषद् बैठकबाट फिर्ता लिएर मधेसका मागप्रति ओली सकारात्मक रहेको संकेत गरिसकेको जसपा कार्यकारिणी समितिका एक सदस्यले बताए ।

जसपाले प्रस्तुत गरेको २६ थान मुद्दामध्ये ओली सरकारले २२ थान मुद्दा फिर्ता लिइसकेको छ । बाँकी ४ थान प्राविधिक काम पूरा गर्नुपर्ने भएकाले त्यो पनि फिर्ता लिने प्रक्रियामै छ ।

मधेश आन्दोलनका क्रममा लागेका राजनीतिक मुद्दा मन्त्रिपरिषद् बैठकबाटै फिर्ता भइरहेकाले आफूहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको जसपा नेता बताउँछन् ।

२२४ प्रतिवादी रहेको २६ थान मुद्दाको फाइल सरकारसमक्ष प्रस्तुत भइसकेको छ । तीमध्ये ११९ प्रतिवादी रहेको २२ थान मुद्दा मन्त्रिपरिषद् बैठकबाटै फिर्ता भइसकेको दाबी जसपा नेताको छ । तर सरकारले भने मुद्दा फिर्ताबारे केही सार्वजनिक गरेको छैन ।

जेलमा रहेका जसपा सांसद रेशम चौधरीको मुद्दा समेत फिर्ता लिने प्रतिबद्धता प्रधानमन्त्री ओलीले व्यक्त गर्दै प्रक्रिया अघि बढाइसकेको जसपा नेताको दाबी छ ।

जसपाले उठाउँदै आएको माग सम्बोधन हुनेक्रममा रहेकाले विस्तारै भट्टराई, यादव र राई समूह समेत ओली सरकारकै पक्षमा खुलेर आउने ठाकुर र महतो समूह नेताको विश्वास छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ४४ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका