८ चैत्र २०८२, आइतबार | March 22, 2026

राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन आजको प्रदेश सभाको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही नआएपछि बैठक स्थगित भएको छ ।

सोही दलकी सांसद पियारी थापाले दिएको निवेदनपछि बैठक स्थगित भएको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

सांसद पियारी थापाले संसदको कारवाही रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिइन् । उनले दर्ता गरेको निवेदनमा शाहीको अवस्था अज्ञात रहेको र निजको जीवन रक्षाका लागि समेत माग गरेकी छन् ।

मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाको पक्षमा हस्ताक्षर गरेका सांसद शाही अस्पतालको आइसीयुमा फेला परेका छन् । संसद चलरिहेका बेला बेपत्ता भएका भनिएका सांसद शाही चरक मेमोरियल अस्पतालको आइसीयुमा रहेको सार्वजजनिक भएको छ ।

सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा अकस्मात विरामी परेकाले आइसीयुमा भर्ना भएको जानकारी गराएका छन् ।

अर्का सांसद राजीव गुरुङ (दिपक मनांगे) पनि सम्पर्कविहीन छन् । उनको मोवाइल फोन अफ छ ।

६० सदस्यीय प्रदेशभामा राष्ट्रिय जनमोर्चाका तीन सांसद निर्णायक पोजिसनमा छन् । राजमोको केन्द्रीय समितिले मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन फिर्ता लिँदै उनी विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको थियो । तर, मतदान हुने मुख्य दिनमा सांसद शाही सम्पर्कमा नआएपछि राजमोले आफ्ना सांसदको खोजविन गर्न सभामुख र सरकारसँग लिखित आग्रह गरेको हो।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : २३ बजे

देशभरिका निजी अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को

क्षितिज थापालाई ‘मिस्टर रामपिथेकस २०८२’ उपाधि

बुटवल । बुटवलमा सम्पन्न ‘मिस्टर रामपिथेकस राष्ट्रव्यापी शारीरिक सुगठन तथा

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय

नेप्से परिसूचकमा उच्च अङ्कको उछाल

काठमाडौं । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति

नेपालगन्ज । दुई दिनसम्म परेको बेमौसमी वर्षाले करिब नौ करोड