१८ माघ २०८२, आइतबार | February 1, 2026

राष्ट्रिय जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक स्थगित



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन आजको प्रदेश सभाको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खीमविक्रम शाही नआएपछि बैठक स्थगित भएको छ ।

सोही दलकी सांसद पियारी थापाले दिएको निवेदनपछि बैठक स्थगित भएको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिए ।

सांसद पियारी थापाले संसदको कारवाही रोक्न माग गर्दै संसद सचिवालयमा निवेदन दिएकी थिइन् । उनले दर्ता गरेको निवेदनमा शाहीको अवस्था अज्ञात रहेको र निजको जीवन रक्षाका लागि समेत माग गरेकी छन् ।

मुख्यमन्त्री गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाको पक्षमा हस्ताक्षर गरेका सांसद शाही अस्पतालको आइसीयुमा फेला परेका छन् । संसद चलरिहेका बेला बेपत्ता भएका भनिएका सांसद शाही चरक मेमोरियल अस्पतालको आइसीयुमा रहेको सार्वजजनिक भएको छ ।

सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा अकस्मात विरामी परेकाले आइसीयुमा भर्ना भएको जानकारी गराएका छन् ।

अर्का सांसद राजीव गुरुङ (दिपक मनांगे) पनि सम्पर्कविहीन छन् । उनको मोवाइल फोन अफ छ ।

६० सदस्यीय प्रदेशभामा राष्ट्रिय जनमोर्चाका तीन सांसद निर्णायक पोजिसनमा छन् । राजमोको केन्द्रीय समितिले मुख्यमन्त्री गुरुङलाई दिएको समर्थन फिर्ता लिँदै उनी विरुद्ध अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको थियो । तर, मतदान हुने मुख्य दिनमा सांसद शाही सम्पर्कमा नआएपछि राजमोले आफ्ना सांसदको खोजविन गर्न सभामुख र सरकारसँग लिखित आग्रह गरेको हो।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ५ : २३ बजे

इरान-अमेरिका तनाब चुलिँदै गएपछि नेपालद्वारा इरान भ्रमण नगर्न आग्रह

काठमाडौं । इरान र अमेरिकाबीच बढ्दो कूटनीतिक तथा सुरक्षा तनाबका

एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार

युएईले दियो दुई सय छयत्तर नेपालीलाई आममाफी

काठमाडौं । नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सरकारको ५४

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ एघार जिल्लाको मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार