७ चैत्र २०८२, शनिबार | March 21, 2026

दक्षिण कोरियामा प्रवासीको सङ्ख्या पाँच वर्षयताकै कम



सोल । दक्षिण कोरियामा विदेशी जनसङ्ख्या पाँच वर्षयताकै सबैभन्दा कम भएको छ । मङ्गलबार प्रकाशित एक सरकारी तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षयता पहिलो पटक प्रवासी नागरिकको सङ्ख्या २० लाखभन्दा तल झरेको हो । कोरोना महामारी र विभिन्न देशमा भएका लकडाउनका कारण प्रवासीको सङ्ख्या कम भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

गत मार्चको गणनाअनुसार कोरियामा प्रवासीको सङ्ख्या १९ लाख ९९ हजार रहेको छ । गत वर्ष कोरियामा प्रवासीको कुल सङ्ख्या २२ लाख थियो । उक्त सङ्ख्यालाई आधार मानेर हेर्दा यो वर्ष ९.२ प्रतिशतले कम हो । हालको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा कम हो । सन् २०१५ मा प्रवासीको सङ्ख्या १८ लाख थियो ।

त्यसैगरी सन् २०१९ को डिसेम्बरमा प्रवासीको सङ्ख्या सबैभन्दा धेरै २५ लाख दुई हजार रहेको तथ्याङ्कले देखाएको छ । हाल रहेका प्रवासीमध्ये सबैभन्दा धेरै चिनियाँ नागरिक ४३.४ प्रतिशत छ भने दोस्रोमा भियतनामीको सङ्ख्या १०.६ प्रतिशत छ । त्यसैगरी थाइल्याण्ड र अमेरिकी नागरिक क्रमशः ८.९ र ७.३ प्रतिशत छ ।

कोरोना माहामारीका कारण कोरियामा रोजगारी कठिनाइ पनि थपिएको छ । नेपाललगायत विभिन्न देशबाट कोरिया आउन चाहनेहरू पनि आउन सकेका छैनन् । उसो त यो सङ्ख्या घट्नुमा कोरोना माहामारी अघि छोटो बिदामा स्वदेश फर्केका प्रवासी श्रमिक, विद्यार्थी, व्यवसायीलगायत पनि स्वदेशमै अड्किनुलाई पनि लिन सकिने बताइन्छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : ३३ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा