८ बैशाख २०८१, शनिबार | April 20, 2024

निषेधाज्ञामा एन आई सी एशियाले ‘एकिकृत हेल्प डेक्स’ सेवा दिने



काठमाडौ । मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई सहज रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउनका लागि ‘एकिकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ ।

यस असहज परिस्थितीमा ग्राहकहरूलाई बैंकले अत्यावश्यक सेवाहरू थप सहज र सुरक्षित तवरले उपलब्ध गराउन हेल्प डेस्कको स्थापना गरेको हो ।

बैंकको शाखासम्म आउन मुस्किल भएका ग्राहकहरूले बैंकको डिजिटल माध्यमहरू (मोबाइल/इन्टरनेट बैंकिङ्ग, वेबसाइट तथा iServe) को माध्यमबाटै आफूलाई आवश्यक पर्ने अधिकतम बैंकिङ्ग सेवाहरू लिन सक्नेछन् ।

उक्त डिजिटल माध्यमहरूबाट सेवा लिन कठिनाइ भएमा वा सेवा सम्बन्धी गुनासो भएमा वा कुनै जानकारी लिनु परेमा  बैंकले खटाएका उक्त सेवासम्बन्धी विज्ञ अधिकृतहरूलाई सम्पर्क गरी सजिलै एवं यथासिघ्र समाधान पाउन सकिनेछ ।

यसका लागि बैंकको टोल फ्रि नं. १६६०–०१–७७७१ वा सीप लाइन नं. ०१–५९७०१०१ मा सिधै फोन गर्न सक्ने जनाएको छ र त्यहाँ उपलब्ध आइभिआर पद्धतिद्वारा विभिन्न सेवाका लागि सम्बन्धित अधिकारीसँग कुरा गर्न सकिनेछ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : ३१ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन