काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान थापालाई कोरोना संक्रमण पुष्टि भएको हो । चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएपछि बिहिबार उनको स्वाब संकलन गरिएको थियो ।
शुक्रबार विहान आएको रिपोर्टमा संक्रमण देखिएको थापाको सचिवालयले जनाएको छ । थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री थापा सहित परिवारको १० जनाबाट स्वाव निकलिएको भएपनि अन्यको रिपोर्टका बिषयमा सचिवालयले केहि जानकारी दिएको छैन ।
यसअघि ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र उनको परिवारका सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया