१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालमा न्युनतम पारिश्रमिक १५ हजार र दैनिक न्युनतम ज्याला ५ सय ७७ पुर्‍याउने प्रधानमन्त्रीको प्रतिबद्धता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार रुपैयाँ पुर्‍याइने घोषणा गरेका छन्।

१३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस ( मई दिवस)को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले श्रमिकको न्युनतम पारिश्रमिक १५ हजार पुर्‍याइने घोषणा गरेका हुन्। नेपालमा हान सरकारले तोकेको श्रमिकको न्युनतम पारिश्रमिक १३ हजार चार सय ४० रहेको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा मजदुरको दैनिक पारिश्रमिक पनि ५ सय १७ रुपैयाँबाट बढाएर ५ सय ७७ रुपैयाँ पुर्याइने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको र देशभित्रका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको ओलीले सन्देशमा उल्लेख गरेका छन्।

स्वदेशमा कार्यरत श्रमिकहरूको बैङ्कमार्फत तलब भुक्तानी गर्ने प्रणाली सुरु गरिएको, योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा करिब १२ हजार रोजगारदाता र दुई लाख श्रमिकहरू आबद्ध गरिएको ओलीको दाबी छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा मानिसका लागि जीवन सबैभन्दा महत्त्वपूर्ण भएकाले महामारीबाट आम नेपालीको जीवन रक्षाका लागि सरकार संवेदनशील रहेको बताउँदै अहिले सरकारलाई महामारी नियन्त्रण, उपचार र रोकथामसँगै गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘पीसीआर परीक्षण प्रयोगशाला ८७ वटा तथा अस्पताल र स्वास्थ्य चौकीको सङ्ख्या आठ हजार ९८२ पुर्याएका छौँ। महामारीपछि अस्पतालहरुमा शय्या ३८.४ प्रतिशत थप गरिएको छ।’ प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरेका छन् ।

 

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ९ : १९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज