१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

दाङको बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव, एक संक्रमितको मृत्यु



दाङ । दाङको  बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पु¥याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए ।

अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब श्यया थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि नेपाल संस्कृत विश्वविद्यालयले दिन मानेको थिएन तर केही दिनदेखि बिरामी अस्पतालमा खचाखच भरिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित स्थानीय तहका प्रमुखको विशेष पहलमा विश्वविद्यालयले माथिल्लो तला प्रदान गर्ने सहमति गरेपछि आजदेखि शैया थप्ने कार्य भइरहेको व्यवस्थापक ओलीले बताए ।

उनका अनुसार ६५ श्यया थपिने छन् । उक्त श्यया थपिएपछि करिब ३०० अक्सिजन सिलिण्डर आवश्यक पर्छ । त्यसका लागि स्थानीय तहसँग सिलिण्डर उपलब्ध गराउन माग गर्दै आएको उनको भनाइ छ । “शैया मात्रै थपेर हुँदैन्, श्ययासँगै अक्सिजन सिलिन्डर पनि थप्नु पर्छ”, उनले भने, “त्यसका लागि हामीले स्थानीय तहसँग श्यया सङ्ख्या थप गरिदिन माग गरेका छौँ ।”

पाँच बिरामीलाई बाहिरै राखेर उपचार

प्रयाप्त शैया नहुँदा अहिले पाँच बिरामीलाई अस्पताल बाहिर राखेर उपचार थालिएको छ । उनीहरुलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको व्यवस्थापक ओलीले बताउनुभयो । शैया अभाव रहँदा व्यवस्थापनमा निकै चुनौती हुने गरेको उनको भनाइ छ । धेरै सङ्क्रमितलाई राख्न भनि फोन आउने गरेको भए पनि श्यया नहुँदा निकै समस्या हुने गरेको उनले बताए।

थप एकको मृत्यु

कोरोना अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत एक बिरामीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१२ की ४६ वर्षीया महिला रहेकी छिन् । उनलाई कोरोना पुष्टि भएपछि यही वैशाख ११ गतेदेखि सो अस्पतालको सघन कक्षमा राखेर उपचार भैरहेको थियो ।

जनशक्ति  माग

अहिले बेलझुण्डी अस्पतालमा जनशक्ति पनि अभाव छ । जनशक्ति अभाव हुँदा दाङका छ स्थानीय तहसँग जनशक्ति पनि माग गरिएको व्यवस्थापक ओलीले बबताए । उनका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिकासहित बबई, शान्तिनगर, बङ्गलाचुली र दङ्गीशरण गाउँपालिकाबाट कर्मचारी माग गरिएको छ । गाउँपालिकाबाट नौ/नौ जना र उपमहानगरपालिकाबाट १८÷१८ जना जनशक्ति माग गरिएको छ । नर्स, कार्यालय सहयोगीसहितका कर्मचारी माग गरिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : ५८ बजे

बुटवलमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण अभियान सुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन

सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित

बेनी । सीमा निर्धारण नहुँदा भारत र चीन जोड्ने कालीगण्डकी

पहुँचका भरमा लिइएका ६२२ वटा सरकारी सवारीसाधन फिर्ता

काठमाडौं । सरकारले राज्यको सीमित स्रोत र साधनमाथि वर्षौँदेखि हुँदै

अध्यादेशमार्फत शासन चलाउन खोजिएको भन्दै कांग्रेसको आपत्ति, ‘शक्ति केन्द्रीकरणको खतरनाक संकेत’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् स्थगित गरेर

बाँकेको नरैनापुरमा आगलागी, १५ घर/गोठ जले

नेपालगन्ज । बाँकेको नरैनापुरमा भीषण आगलागी भएको छ । नरैनापुर