१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

दाङको बेलझुण्डी अस्पतालमा अक्सिजन अभाव, एक संक्रमितको मृत्यु



दाङ । दाङको  बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव भएको छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पु¥याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले बताए ।

अस्पतालमा अहिले ४६ बिरामी भर्ना भएका छन् । अब श्यया थप्ने तयारी रहेको छ । अस्पालको माथिल्लो तला यसअघि नेपाल संस्कृत विश्वविद्यालयले दिन मानेको थिएन तर केही दिनदेखि बिरामी अस्पतालमा खचाखच भरिएपछि प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेसहित स्थानीय तहका प्रमुखको विशेष पहलमा विश्वविद्यालयले माथिल्लो तला प्रदान गर्ने सहमति गरेपछि आजदेखि शैया थप्ने कार्य भइरहेको व्यवस्थापक ओलीले बताए ।

उनका अनुसार ६५ श्यया थपिने छन् । उक्त श्यया थपिएपछि करिब ३०० अक्सिजन सिलिण्डर आवश्यक पर्छ । त्यसका लागि स्थानीय तहसँग सिलिण्डर उपलब्ध गराउन माग गर्दै आएको उनको भनाइ छ । “शैया मात्रै थपेर हुँदैन्, श्ययासँगै अक्सिजन सिलिन्डर पनि थप्नु पर्छ”, उनले भने, “त्यसका लागि हामीले स्थानीय तहसँग श्यया सङ्ख्या थप गरिदिन माग गरेका छौँ ।”

पाँच बिरामीलाई बाहिरै राखेर उपचार

प्रयाप्त शैया नहुँदा अहिले पाँच बिरामीलाई अस्पताल बाहिर राखेर उपचार थालिएको छ । उनीहरुलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको व्यवस्थापक ओलीले बताउनुभयो । शैया अभाव रहँदा व्यवस्थापनमा निकै चुनौती हुने गरेको उनको भनाइ छ । धेरै सङ्क्रमितलाई राख्न भनि फोन आउने गरेको भए पनि श्यया नहुँदा निकै समस्या हुने गरेको उनले बताए।

थप एकको मृत्यु

कोरोना अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत एक बिरामीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१२ की ४६ वर्षीया महिला रहेकी छिन् । उनलाई कोरोना पुष्टि भएपछि यही वैशाख ११ गतेदेखि सो अस्पतालको सघन कक्षमा राखेर उपचार भैरहेको थियो ।

जनशक्ति  माग

अहिले बेलझुण्डी अस्पतालमा जनशक्ति पनि अभाव छ । जनशक्ति अभाव हुँदा दाङका छ स्थानीय तहसँग जनशक्ति पनि माग गरिएको व्यवस्थापक ओलीले बबताए । उनका अनुसार घोराही र तुलसीपुर उपमहानगरपालिकासहित बबई, शान्तिनगर, बङ्गलाचुली र दङ्गीशरण गाउँपालिकाबाट कर्मचारी माग गरिएको छ । गाउँपालिकाबाट नौ/नौ जना र उपमहानगरपालिकाबाट १८÷१८ जना जनशक्ति माग गरिएको छ । नर्स, कार्यालय सहयोगीसहितका कर्मचारी माग गरिएको हो ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  २ : ५८ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले