१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

मोटरसाइकल दुर्घटनाका घाइतेको हवाई उद्दार



गलकोट । बागलुङकोे बरेङ गाउँपालिका-१ मा आज दिउँसो मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

धुल्लुबास्कोटदेखि बरेङ आउने क्रममा बरेङ-१ सिलामारी भन्ने ठाउँमा ध १ प ३६३२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सर्वोदय माध्यमिक विद्यालयका २५ वर्षीय शिक्षक विष्णु पौडेल घाइते भएको बरेङबाट प्रकाश छन्त्यालले जानकारी दिए ।

घाइते पौडेलको बायाँ हातको बुडी औँला काटिएको र शरीरको भित्री भागमा चोट लागेको हुन सक्ने भन्दै काठमाण्डौ पठाइएको हो ।

उनलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । रासस

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार  ४ : ३२ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग