४ आश्विन २०८३, आइतबार | September 20, 2026

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ



नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । नेपालगन्ज उपमहानगरपालिका ३ एकलैनी बजारबाट ३५ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकाघरका दाजुभाई ३५ वर्षिय हसिव अहमद अन्सारी र २३ वर्षिय समिर अहमद अन्सारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँके र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जको टोलीले विशेष सूचनाका आधारमा पक्राउ परेका अन्सारी दाजुभाईको घर खानतलासी गर्दा ३५ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर बरामद भएको बाँके प्रहरी प्रवक्ता डीएसपी प्रतितसिंह राठौरले बताए ।

पक्राउ परेकाहरुबाट ५ थान मोबाईल, लागुऔषध तौल गर्दै गरुेको डिजिटल तराजु र ७३ हजार ७०० नगद बरामद गरिएको डीएसपी राठौरले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आइतबार  २ : ०९ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको