२१ भदौ २०८३, आइतबार | September 6, 2026

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई १० लाख सहयोग



कन्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि बेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

बेदकोट नगरपालिकाले यस अघि कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष ०७७÷०७८ मा अस्पतालमा अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि आर्थिक सहयोग गर्ने निर्णय अनुसार सो सहयोग गरेको हो । आइतबार एक कार्यक्रमका विच बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले महाकाली अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरेका थिए ।

उक्त रकम हस्तान्तरण गर्दै मेयर चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी(बोक्सर)ले यसरी नै पालिकाबाट भौतिक, आर्थिक एव नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि सबैको प्रयास आवश्यक रहेको औल्याए ।

महाकाली अस्पतालमा अक्सिजन लगायतकका स्वाथ्य उपकरण अभावको समस्या भईरहेका बेला पालिकाबाट पाईएको सहयोगले केही राहत पुग्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : १५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका