१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

बेदकोट नगरपालिकाद्वारा महाकाली अस्पताललाई १० लाख सहयोग



कन्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले महाकाली अस्पताललाई १० लाख आर्थिक सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि बेदकोट नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

बेदकोट नगरपालिकाले यस अघि कार्यपालिका बैठकबाट चालु आर्थिक बर्ष ०७७÷०७८ मा अस्पतालमा अत्यावश्यक स्वास्थ्य सुरक्षा समाग्री खरिदका लागि आर्थिक सहयोग गर्ने निर्णय अनुसार सो सहयोग गरेको हो । आइतबार एक कार्यक्रमका विच बेदकोट नगरका प्रमुख अशोक कुमार चन्दले महाकाली अस्पतालका निमित्त मेडिकल सुपरेटेण्डेन्ट डा. हरि कुमार श्रेष्ठ, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)लाई चेक हस्तान्तरण गरेका थिए ।

उक्त रकम हस्तान्तरण गर्दै मेयर चन्दले कोरोना महामारी नियन्त्रणका लागि पाालिकाका तर्फबाट सहयोग गरिएको बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोेशी(बोक्सर)ले यसरी नै पालिकाबाट भौतिक, आर्थिक एव नैतिक सहयोगको अपेक्षा गर्दै महाकाली अस्पतालममा कोरोना रोककथामका लागि सबैको प्रयास आवश्यक रहेको औल्याए ।

महाकाली अस्पतालमा अक्सिजन लगायतकका स्वाथ्य उपकरण अभावको समस्या भईरहेका बेला पालिकाबाट पाईएको सहयोगले केही राहत पुग्नेछ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ३ : १५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग