११ कार्तिक २०८३, बुधबार | October 28, 2026

बाग्मती किनारमै ‘चिता’



काठमाडौं । कोरोना संक्रमित मृत्यु संख्या बढ्दै गएपछि शव व्यवस्थापनमा समस्या पर्न थालेको छ । संक्रमितको काठमाडौं पाशुपत क्षेत्रस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिँदै आए पनि सोमवारबाट भने बाग्मती किनार समेत शव जलाउन प्रयोग गरिन थालिएको छ ।

कोरोना संक्रमित शव व्यवस्थापन जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ । सेनाले स्वास्थ्य मापदण्ड पालना गर्दै शव व्यवस्थापन गर्दै आएको हो ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालका अनुसार शव चाप अत्यधिक भएपछि विकल्पमा बाग्मती किनार अन्त्येष्टि गर्न थालिएको छ । ‘शवको चाप अत्यधिक बढ्यो, त्यसले गर्दा बाग्मतीमा अन्त्येष्टि थालेका छौं,’ सदस्य सचिव ढकालले भने ।

सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आकलन समेत गरेको छ । हाल पशुपति आर्यघाटमा ३ विद्युतीय शवदाह गृह छन् । तीमध्ये १ मर्मतकै क्रममा छ ।

सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्न समस्या भएपछि कोषसँगको समन्वयमा विद्युतीय शवदाह गृह नजिकै बाग्मती नदी किनार रोजिएको जानकारी दिए । ‘विद्युतीय शवदाह गृहमा मात्रै शव व्यवस्थापन गर्न समस्या हुन थाल्यो,’ उनले भने, ‘संख्या बढ्दै जाँदा चाप पनि बढ्दो भएर बाग्मती किनार संक्रमित शवको अन्त्येष्टि थालिएको हो ।’

सैनिक प्रवक्ता पौडेलका अनुसार गत वैशाख १७ र १८ गते २६ संक्रमितको शव पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिएको छ । तर वैशाख १९ गते मृतक संख्या बढेर ३१ पुग्यो । सोमवार साँझसम्म पशुपति आर्यघाटमा ३६ जनाको शव अन्त्येष्टिका लागि अनुरोध आएको छ ।

सेनाले मृत्यु हुनेको संख्या अझै तीव्र गतिमा बढ्दै गए सामूहिक शवदाहमा जानुपर्ने अवस्था आउन सक्ने आकलन समेत गरेको छ । संक्रमण गतिमा ‘चेनब्रेक’ नहुँदा सरकारले निषेधाज्ञा देशव्यापी बनाउँदै लगेको छ भने उपत्यकामा जारी लकडाउन बढाउने तयारी गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ६ : ५० बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके । वर्षायाममा बन्द गरिएको जङ्गल सफारी पुनः सञ्चालनमा आएसँगै

वीरगञ्ज भन्सारले असोजमा उठायो २६ अर्ब ७२ करोड राजस्व

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले असोज महिनामा २६ अर्ब ७२

एनपीएलमा आज पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आज

चक्रवात ‘अरनब’को प्रभावले भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले नेपालका

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको