१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

लकडाउनमा उकासिएको आवास फर्निचर



बुटवल । कोभिड १९, जसले विश्वमा मै हुँ भन्ने देशहरुको अर्थतन्त्र तहस नहस बनाइदिएको छ । संसारका धरै उद्योगपतिहरु रोडपति बन्न पुगेका छन् । नेपालको राष्ट्रिय अर्थतन्त्र समेत डामाडोल भएर परनिर्भरता चरम अवस्थामा पुगेको छ । सरकार स्वयंले ४ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको छ । महामारी यस्तै अवस्थामा रहेमा यो लक्ष्य पुरा हुन समेत असंभव देखिन्छ ।

देशभित्रका धेरै उद्योगहरु धरासायी बनेका छन् । नेपाल सरकार महामारी संक्रमितको उपचारमा आत्मसमर्पणको अवस्थामा पुगेको छ । ऋणको बजेटमा राष्ट्र चलाउनु पर्ने अवस्था छ । निजी क्षेत्रका अधिकांश उद्योगहरु बन्द हुने अवस्था पुगेका छन् ।

तर, कोरोना महामारीकै बीचमा रुपन्देहीमा खुलेको यौटा उद्योग भने लामो बन्दाबन्दी र निषेधाज्ञा झेल्दै आकाश चुम्न सफल भएको छ ।

गतवर्ष चैतबाट देशमा लक डाउन सुरु भयो । कोभिड १९ को संक्रमण शिखरमा पुग्यो । फेरि केही समय स्थिर बन्दै गयो । यसले सबै क्षेत्रमा क्षेत्रमा नकारात्मक प्रभाव पा¥यो । २०७६ चैत्र ११ गतेदेखि सुरु भएको बन्दाबन्दीमा विशेषगरी पर्यटन, यातायात र गैर खाद्य उद्योगहरु मुख्य मारमा परे । तर, बन्दाबन्दी (लकडाउन) कै बीचमा स्थापना भएको रुपन्देहीको एउटा फर्निचर उद्योग भने बन्दाबन्दीकै कारण नेशनल ब्राण्डको रुपमा छाप छोड्न सफल भएको छ । पहिलो लकडाउनको अवधिमा उत्पादन सुरु गरेको देवदह नगरपालिका वडा नं १० स्थित आवास ग्रुपको ‘आवास स्टिल एण्ड फर्निचर’ स्थापना भएको एक वर्षको अवधिमा देशकै सफल ब्राण्ड बनेको छ ।

 

बन्दाबन्दीका कारण सिमा नाकाहरु बन्द भएपछि, त्यसमा पनि फर्निचरको बजारमा चिनियाँ एकाधिकार भएको नेपाली बजारमा चिनियाँ सामान आउन छाडेपछि आवासका फर्निचरहरु ६ महिनाकै बीचमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुगेका छन् ।

बन्दाबन्दीका कारण चिनियाँ समान बजारमा नआउनु र त्यहि अवधीमा चिनियाँ ब्राण्ड भन्दा गुणस्तरीय उत्पादन बनाउन सकेकै कारण छोटो अवधीमा आवासले राष्ट्रिय पहिचान बनाउन सफल भएको हो । आवास स्टिल एण्ड फर्निचरका संचालक निर्माण थैव भन्छन्, ‘पहिलो लकडाउन यता फर्निचर सजावटमा विदेशको भर पर्नुपर्ने अवस्थालाइ चिर्न सफल भएका छौं ।
‘फर्निचरहरु गुणस्तरीय भएकाले पनि बजार लिन सफल भएका छौ’, थैव थप्छन्, ‘आकर्षक डिजाईनमा अफिस, रेष्टुरेन्ट, स्कुल, घर सजावट अहिलेको फेसन बनेको र ती आवश्यकताहरुलाई आफुहरुले उपलब्ध गराउन सकेकै कारण सफलता हात लागेको हो ।’

नेपाली उपभोक्ताहरुमा चिनियाँ सामान प्रतिको मोहलाई नेपाली ब्राण्डमा आकर्षित गर्न बन्दाबन्दी एउटा अवसर बनेको थैवको बुझाइ छ ।

त्यसो त, निर्माणले यस अघि थैव परिवारकै अर्को ब्राण्ड टेब्स र भल्वका उद्योग हेर्दै आएका थिए । कोरोनाको पहिलो लहर सुरु हुनु केहि समय अगाडि उनमा चिनियाँ मोडेलका फर्निचरका सामाग्री नेपालमै किन उत्पादन नगर्ने भन्ने सोँच आयो । त्यसपछि, सुरुमा होटल र पार्टी प्यालेसलाई आवश्यक पर्ने पार्टी कुर्चीहरुबाट फर्निचर उद्योग सुरु भयो । निर्माणकै चाहना अनुसार उनले फर्निचरको जिम्मा पाएपछि रिसोर्ट र होटलहरुका लागि फर्निचरका सामाग्री बनाउने र सप्लाई गर्न थाले । त्यहिक्रम चलिरहेका बेला कोरोना माहामारी सुरु भयो र सरकारले बन्दाबन्दी घोषणा ग¥यो । सिमानाकाहरु बन्द भए । फर्निचर बजारमा विदेशकै मुख ताक्नु परिरहेका बेला विदेशबाट फर्निचरका सामान आउन छाडे । सोहि अवसर आवास ग्रुपका लागि स्वर्ण अवसर बन्यो ।

निर्माण भन्छन्, ‘उपभोक्ताहरु रमाउने वातावरण सजावट एउटा मुख्य पक्ष हो । फर्निचरको गुणस्तरमा हामीले सम्झौता गर्दैनौं ।’ बेङ्क्युट टेन्ट, अफिस, भिजिटर चेयर, विकेर फर्निचर, रेष्ट्रो एण्ड बार, सोफा, डाईनिङ, स्कुल फर्निचर सिरिजका गरी ३ सय बढि आईटमहरु उत्पादन गरिरहेको उनले बताए । रिसोर्ट र सम्पन्न परिवारमा अनिवार्य जस्तै बनेको झुला आवास ग्रुपको छुट्टै पहिचान बनेको छ ।

फर्निचर उत्पादन मात्र होइन फर्निचरको कच्चा पदार्थ समेत आवास ग्रुपले आफै उत्पादन गर्दछ । फर्निचरमा आवश्यक पर्ने स्टिल सामग्री, म्याट्रेस, फोम र बुन्ने तारहरु समेत उत्पादन गर्न अर्को उद्योग संचालनमा छ । सोफामा प्रयोग हुने म्याट्रेस र फोमको उद्योग पनि ग्रुपले आफै संचालन गरेको छ । जबकी नेपाली बजारमा चीन, भारत र जर्मनीबाट म्याट्रेसहरु आउने गरेका छन ।

देवदह उद्योगमा उत्पादन भैरहेको फर्निचर अब छिट्टै कोटिहवाको उद्योगबाट उत्पादन सुरु हुने निर्माणले बताए । उद्योगले अब फर्निचरका उत्पादनलाई व्यवस्थित गर्ने तयारीमा रहेको उनले बताए । कोटिहवामा लक्जरियस सोफा मात्र उत्पादन गर्ने तयारीमा रहेको निर्माणले जानकारी दिए । नेपालका अधिकांस ठुला होटल, व्याङ्क्वेट, रिसोर्टहरु आवास फर्निचरका मुख्य उपभोक्ता हुन् । अफिस सजावटका लागि देशभरबाट लक्जरीयस सोफा, रिवल्भिङ कुर्सी लगायतको माग रहेको उनले बताए ।

नेपालमै नाम कमाएको आवास ग्रुपको एउटा ब्राण्डका रुपमा फर्निचर उद्योग भएको थैव ग्रुपका म्यानेजिङ डाइरेक्टर महेश थैव बताउँछन् । धाराका फिटिङ सामान, पेय पदार्थ, नटबोल्ट लगायत एक दर्जन बढी उद्योगसँगै फर्निचरबाट राम्रो बजार पाएको महेश बताउँछन् । यसैगरी विदेश निर्यात गर्ने गरी गार्मेन्ट, जुत्ताको उद्योग समेत शुरु हुने उनले जानकारी दिए । अहिले दैनिक व्याङ्क्वेट चियर ५ सय, अफिस सामग्री १ सय फर्निचर तथा ३० बढी झुला उत्पादन हुने गरेको उनले बताए ।

एक सय बढी स्थानीयलाई रोजगार
आवास फर्निचरले उत्पादनकोे माध्यमबाट रुपन्देहीलाई देशभर चिनाएका मात्र छैन, रुपन्देहीका सयौं बेरोजगारहरुलाई रोजगारी पनि दिएको छ । फर्निचर उद्योग रहेको देवदहका सयौं स्थानीय सोही फर्निचरबाट रोजगार बनेका छन् । उद्योग खोल्नु अगाडि स्थानीय महिलाहरु घरमै बस्ने र पुरुषहरु वैदेशिक रोजगारी वा बुटवल भैरहवासम्म मजदुरी गर्न जाने गर्दथे, तर नजिकै उद्योग खेलेपछि स्थानीय महिलाहरुले आफै कमाउन थालेका छन् । घरका पुरुषहरुबाट मात्र आश्रित हुन बाध्य महिलाहरु आफै कमाउन थालेपछि स्थानीयको जीवनस्तर पनि माथि उठ्न थालेको छ ।

देवदहमा रहेको आवास स्टिल एण्ड फर्निचर उद्योगमा स्थानिय झण्डै २ सय जनाले रोजगारी पाएका छन । यसमा पनि ६० प्रतिशत बढी महिला कामदार छन् । फर्निचरको मुख्य आर्कषण फिनिसिङ हो । ‘फर्निचरको फिनिसिङ र बुन्ने काममा महिलाहरु लगनशील देखिन्छन् । उद्योगमा रहेका कामदार मध्ये ९० प्रतिशत स्थानीय छन् । महिलाहरुको काम पुरुषको तुलनामा उत्कृष्ट छ ।’ – निर्माणले अनुभव सुनाउँछन् ।

जाँगरिला निर्माण
समान्यतया नेपाली संस्कृतिमा उद्योग संचालनको जिम्मेवारी बहन गर्नेहरु ३० वर्ष कटेकाहरु नै देखिन्छन् । आवास ग्रुप अन्तर्गतको फर्निचर उद्योग भने २६ वर्षीय युवा निर्माण थैव आफैले सम्हालेका छन् । उनी उद्योग पृष्ठभुमिबाटै हुर्केका कारण उनको लगाव किशोरावस्थादेखि नै उद्योगतर्फ रहँदै आयो । उनले आफ्नो रमाइलो गर्ने उमेर पनि उद्योगमै खर्च गरे । सुरुमा धाराका सामाग्रीहरु भल्व, टेप, बाथरुमका आकर्षक सामाग्रीमा उनले ध्यान लगाए भने विगत वर्षदेखि देशभरका रिसोर्ट, व्याङ्क्वेट, स्टार लेबलका होटलहरुको रुम, सेमिनार हल कसरी आकर्षक बनाउन सकिन्छ भनेर उनको ध्यान केन्द्रित हुने गर्दछ । होटल रेष्टुरेण्टदेखि सम्पन्न परिवारका कोठा चोटा र गार्डेनसम्म आवासको फर्निचरहरु पुगेका छन् ।

आवास ग्रुप संचालन गर्ने संस्थापक मध्येका स्वर्गीय विश्वेश्वर थैवका छोरा निर्माणको दैनिकी यही फर्निचर उद्योगमा बित्छ । बिहान ८ बजेबाट उनको दैनिकी सुरु हुन्छ । उनको अधिकांश समय फर्निचर उद्योगका श्रमिकहरुसँग बित्छ । नयाँ नयाँ डिजाईनको फर्निचर आईटम बनाउने र त्यसको बजारीकरणको योजना उनले बुन्ने गर्दछन् । अबेरसम्म उनी काममै व्यस्त रहन्छन । स्नातक अध्ययनरत गरेका उनी कामलाई सम्मान गर्नुपर्छ भन्ने सोच राख्दछन । आधुनिक प्रविधिलाई अपनाउँदा फर्निचर उद्योगमा सफलता मिलेको उनको दाबी छ ।

स्थानीय उत्पादनलाई उपभोक्ताले कम आँकलन गर्दा भने उनलाई कहिलेकाहिँ दुःख लाग्छ । आवासकै उत्पादन बुटवलमा राम्रो बन्दैन भन्ने सोँच राख्ने उपभोक्ता वा व्यापारीले काठमाडौंबाट किनेर ल्याउँदा उनलाई अचम्म पनि लाग्छ । ‘हाम्रै उत्पादन व्यापारीहरुले काठमाडौंबाट थोक खरिद गरेर ल्याउँछन् । कतिपयमा स्थानीय उत्पादन राम्रो हुन्न भन्ने भ्रम छ ।’ उनको गुनासो छ ।

फोटो : दिनेश श्रेष्ठ

 

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ११ : ४७ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग