१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

एन आई सी एशियाले गर्यो २० लाख बीमा रकम भुक्तानी



काठमाडौ । एन आई सी एशिया बैंकले २० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले बचतसँगै बीमा सुविधाले भरिपूर्ण चमत्कारिक बचत सिरिज अन्तर्गत उपलब्ध रू. २० लाख बिमा रकम जनही रू. १० लाखका दरले दुई जनालाई भुक्तानी गरेको हो ।

बैंकले बुटवल निवासी निशा श्रेष्ठ आले कक्षपति र उनका पति जवीन प्रसाद कक्षपतिले घातक रोग उपचारवापत उक्त रकम उपलब्ध गराएको हो । उनीहरुले बैंकको रुपन्देही जिल्लास्थित सियारी शाखामा सुपर चमत्कारिक तलब बचत खाता खोलेका थिए ।

बैंकले हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बीमा सुविधा प्रदान गर्दै आएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि रू.१० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई रू.१० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत रू.१ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत पाउन सकिन्छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४४५ जनाले बीमा वापतको रू. २ करोड ९० लाख भन्दा बढी रकम प्राप्त गरिसकेका छन् ।

यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन मिलेको बैंकले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  २ : ४६ बजे

नेपालगन्ज रङ्गशालामा पूर्वाधार भएपनि संरक्षणको अभाव

नेपालगन्ज । नेपालगन्जको रङ्गशालामा खेलकुद पूर्वाधार भएपनि उचित प्रयोग र

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौँ । नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

पक्राउ परेका सबै पत्रकार रिहा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आज पक्राउ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई