१५ बैशाख २०८१, शनिबार | April 27, 2024

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि मंगलबार स्वाब दिएका गुरुङको रिपोर्ट पोजेटिभ आएको हो । क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणबाट गुरुङको रिपोर्ट पोजेटिभ आएको हो । गुरुङको सिटी भ्यालु १७, १८, १८ रहेको छ। हाल उनी होम आइसोलेसनमा बसेका छन् ।

गुरुङलाई कोरोना संक्रमण देखिएसँगै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र विपक्षी दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । मंगलबार मात्रै सभामुख अधिकारीको कार्यकक्षमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जसपाका हरिशरण आचार्य सहभागी थिए।

मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । त्यसलगत्तै ओलीले गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनलाई पदमुक्त गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : १७ बजे

बागलुङ–म्याग्दी सडक कालोपत्र गरिँदै

बागलुङ । बागलुङ– म्याग्दी सडकअन्तर्गत बागलुङको गलकोट नगरपालिका–३ हटिया बजार–

उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान

इलाम । इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक