१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएपछि पीसीआर परीक्षणका लागि मंगलबार स्वाब दिएका गुरुङको रिपोर्ट पोजेटिभ आएको हो । क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणबाट गुरुङको रिपोर्ट पोजेटिभ आएको हो । गुरुङको सिटी भ्यालु १७, १८, १८ रहेको छ। हाल उनी होम आइसोलेसनमा बसेका छन् ।

गुरुङलाई कोरोना संक्रमण देखिएसँगै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र विपक्षी दलका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । मंगलबार मात्रै सभामुख अधिकारीको कार्यकक्षमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, माओवादीका हरिबहादुर चुमान, जनमोर्चाका कृष्ण थापा, जसपाका हरिशरण आचार्य सहभागी थिए।

मुख्यमन्त्री गुरुङले केही दिनअघि मात्रै काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए । त्यसलगत्तै ओलीले गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनलाई पदमुक्त गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : १७ बजे

विद्युत् उपभोगमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग

काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले

आर्थिक रुपान्तरणको मुख्य आधार ऊर्जा र सिँचाइलाई बजेटमा उच्च प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा क्षेत्रलाई विशेष

स्वास्थ्यमा समस्या देखिएपछि प्रचण्ड अस्पताल भर्ना, निमोनियाको आशंका

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो

भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना

पेट्रोलियम उत्पादनका लागि सम्झौताको गृहकार्य

काठमाडौँ । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्पादनका लागि दोस्रो