१३ माघ २०८२, मंगलबार | January 27, 2026

काठमाडौबाट बागलुङ पुगेको बस भाडा ४ हजार असुल्ने बागलुङ भगवती यातायात प्रालीका कर्मचारी पक्राउ



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढि भाडा लिने एक जना यातायात कर्मचारीलाई गंगबु बसपार्कबाट पक्राउ गरेको छ ।

महामारीका बेला गलत फाईदा उठाउँदै ९ सय भाडा दर कायम रहेको काठमाडौंबाट बागलुङ पुग्ने यात्रीसँग ४ हजार सम्म भाडा असल्ने एकजनालाई ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको हो ।

कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणको लागी कडाईका साथ चेकजाँचमा खटिएको ट्राफिक प्रहरीले छड्के अनुगमनका क्रममा गंगबु नयाबसपार्कबाट स्याङ्जा चापकोट ७ घर भई मित्रनगर बस्ने बाग्लुङ्ग भगवती प्रा.लिको काउण्टरका कर्मचारी मिलन सारुलाई पक्राउ गरेको महाशाखाले जनाएको छ ।

काठमाण्डौं देखि बाग्लुङ्गसम्म जाने नियमति भाडा नौ सय भएकोमा निजले तीन हजार देखि चार हजारसम्म लिएको पाइएपछि कर्मचारीलाई नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

पक्राउ परेका सारुले बैदेशिक रोजगारबाट घर फर्किन लागेका दस जना यात्रुबाट बाग्लुङ्गसम्म जान बढि भाडा लिएको पाइएको महाशाखाले जानकारी दिएको छ । पक्राउ परेका मिलनलाई आबश्यक कारबाहीको लागी महानगरीय प्रहरी प्रभाग, बसपार्कमा बुझाईएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ९ : १४ बजे

पेट्रोलियम पदार्थ आयात निरन्तर उकालो

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट । बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका-९

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं । देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा

चुनावी खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता

पाल्पामा छ महिनामा थपिए सात कुष्ठरोगी

तानसेन । पछिल्लो छ महिनामा पाल्पामा सात जना नयाँ कुष्ठरोगी